भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसूदन अधिकारीलाई सिंहदरबारमा नेपालका लागि भारतीय मिसनका डेप्युटी चिफ डा अजय कुमारले सो चेक हस्तान्तरण गरेका हुन् ।
भारत सरकारले मङ्गलबार हुलाकी सडक निर्माणका लागि नेपाल सरकारलाई ३३ करोड भारतीय रुपैयाँको चेक हस्तान्तरण गर्यो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसूदन अधिकारीलाई सिंहदरबारमा नेपालका लागि भारतीय मिसनका डेपुटी चिफ डा अजय कुमारले सो चेक हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरण गरिएको सो रकम भारत सरकारको अनुदान सहायताले नेपालमा हुलाकी सडक परियोजनाअन्तर्गत बन्ने वीरगन्ज–ठोरी सडक खण्डका दुई प्याकेजको प्रस्तावित लागत (१० प्रतिशत अग्रिम मोबिलाइजेसन सहित) को २५ प्रतिशत हो । भारतीय दूतावासको वेबसाइटमा उल्लेख भए अनुसार यो रकमको भुक्तानीसँगै भारतले हुलाकी सडक परियोजनाका १४ ओटा प्याकेज लागू गर्न नेपाललाई कुल ११७.६३ करोड भारतीय रपैयाँ दिएको छ ।
यस वर्षको सुरुमा भारत सरकारले १९ जनवरी, २०१७ मा धनगढी–भजनिया–सत्ती तथा लम्की–टीकापुर–खक्रौला सडकका लागि नेपाल सरकारलाई एक अर्ब रुपैयाँको सहायता गरेको थियो । एएनआई