भारतमा भन्दा नेपालमा पेट्रोलियम पदार्थ सस्तो हुँदा सीमामा तस्करी बढ्दै

भारतमा भन्दा नेपालमा पेट्रोल तथा डिजेलको मूल्य सस्तो भएपछि नेपालसँग सिमाना जोडिएका भारतीय बजारका उपभोक्ताहरु नियमित रुपमा नेपालमा प्रवेश गरेर सीमामा तेलको तस्करीमा लागेका छन् । खुला सिमाना भएका कारण सजिलै उपभोक्ताका रुपमा भित्रिने र आफूले लिएको तेललाई भारतीय बजारमा कालो बजारीमा बिक्री गर्ने क्रम बढेको छ ।

नेपालसँग जोडिएको उत्तर प्रदेशको बहराइच जिल्लाका सवारीधनीहरु आफ्ना गाडीमा तेल भर्न नेपाल आउँछन् । अझ कोही त ठूल्ठूला जारमा भरेर पनि लैजान्छन् र भारतीय बजारमा कालोबजारीमार्फत बेच्ने गर्छन् ।

भारतमा भन्दा नेपालमा पेट्रोल तथा डिजेलको मूल्य सस्तो भएपछि नेपालसँग सिमाना जोडिएका भारतीय बजारका उपभोक्ताहरु नियमित रुपमा नेपालमा प्रवेश गरेर सीमामा तेलको तस्करीमा लागेका छन् । खुला सिमाना भएका कारण सजिलै उपभोक्ताका रुपमा भित्रिने र आफूले लिएको तेललाई भारतीय बजारमा कालो बजारीमा बिक्री गर्ने क्रम बढेको छ ।

भारतमा पेट्रोलियम तेलको मूल्य ऐतिहासिक रुपले बढेको हुँदा सीमावर्ती उत्तर प्रदेशका बासिन्दाहरुले महँगो तेलको मारबाट जोगिने एउटा नयाँ तरिका पत्ता लगाएका हुन् । त्यो हो छिमेकी देश नेपालबाट पेट्रोल र डिजल तस्करी गर्नु ।

उनीहरुले आफ्नो सवारी साधनमा पूरा तेल हालेपछि जर्किनमा समेत लाने गरेका छन् । नेपाल र भारतमा इन्धनको मूल्यमा लगभग २० रुपैयाँ प्रति लिटर फरक छ, जुन तस्करीका लागि प्रेरित गर्न पर्याप्त छ ।

अचम्मको कुरा त यस क्षेत्रका सीमा सुरक्षा बल (बीएसएफ)ले पनि पैसा जोगाउने नयाँ तरिकाका बारे केही गर्न सक्दैन ।
लखनऊमा पेट्रोल प्रति लिटर ७८ रुपैयाँ ८५ पैसा र डिजल ६८ रुपैयाँ ९१ पैसा (भारु)मा बेचिन्छ । यता नेपालमा पेट्रोल प्रति लिटर ६७ रुपैयाँ ८१ पैसा र डिजल ५६ रुपैयाँ ५६ पैसा (भारु)मा बेचिने गरेको छ ।

चाखलाग्दो कुरा त भारतले नै नेपाललाई पेट्रोलियम उत्पादनको आपूर्ति गर्छ । र प्रतिदिन ६ हजार किलाेलिटर पेट्रोलियम पदार्थ नेपाल पठाउँछ । त्यसमध्ये भारतीय सीमा क्षेत्रमा हुने काराेबारबाटै भारत तस्करी हुने गरेकाे छ र भारतको केन्द्र तथा राज्यद्वारा कैयौं कर लगाइनाले पेट्रोलियम उत्पादनको मूल्य सँधै उच्च हुनेगर्छ, जबकि नेपालमा एउटै कर प्रणाली छ । तर, ढुवानी दूरीका हिसाबले पहाडी भेगमा केही रुपैयाँ बढी पर्ने भएपनि तराईमा त न्यूनतम शुल्कमै पाइन्छ ।

सीमावर्ती भारतीयहरुले यसरी पेट्रोलियम पदार्थको चोरी निकासी गरेवापत नेपाली पेट्रोल पम्पका मालिकलाई पनि १५–२० प्रतिशत कमिसन दिने गरेका छन् ।

तेल तस्करका विषयमा बहराइचका एसपी सभा राजले इन्धन तस्करीमा संलग्न व्यक्तिहरु विरुद्ध कडा कारवाही गरिने बताएका छन् । ‘मलाई यस विषयमा सूचना प्राप्त भएको छ,’ उनले भने, ‘यसमा संलग्नहरुलाई कडा कारबाही गरिनेछ र भविष्यमा यस्तो हुन नदिन सावधानीपूर्वक उपाय पनि अवलम्बन गरिने छ ।’ काजी फराज अहमद/न्युज१८