अर्थमन्त्रीले आज जवाफ दिने कार्यसूची

बिहीबारदेखि राष्ट्रियसभामा आर्थिक वर्ष २०७५/७६ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल भएकामा आज छलफल सकिएलगत्तै अर्थमन्त्रीले जवाफ दिने कार्यसूचीमा उल्लेख छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले राष्ट्रियसभाको आजको बैठकमा आव २०७५/७६ को राजश्व र व्ययको अनुमानमाथिको सामान्य छलफलमा सदस्यहरुले उठाएका विषयमा जवाफ दिने भएका छन् ।

बिहीबारदेखि राष्ट्रियसभामा आर्थिक वर्ष २०७५/७६ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल भएकामा आज छलफल सकिएलगत्तै अर्थमन्त्रीले जवाफ दिने कार्यसूचीमा उल्लेख छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले सङ्घीय संसद्को संयुक्त सदनमा यही जेठ १५ गते बजेट प्रस्तुत गरेका थिए । बिहीबारको छलफलमा २२ जना सदस्यले भाग लिएको थिए । रासस