प्रदेश ३ मा विदेशी लगानीका उद्योग सबैभन्दा बढी

गत आर्थिक वर्षसम्म कुल विदेशी लगानीमा भारत, चीन र हङ्कङका लागानीकर्ताको अंश क्रमशः ३९ प्रतिशत, १६ र १३ प्रतिशत रहेको थियो । पछिल्लो समय विदेशी लगानीमा चीनका लागानीकर्ताको हिस्सा निरन्चर उकालोतर्फ रहेको विभागले जनाएको छ ।

प्रदेश ३ मा सबैभन्दा बढी विदेशी लगानीका उद्योग दर्ता भएका छन् । उद्योग विभागका अनुसार चालू आर्थिक वर्षको प्रथम आठ महिनासम्म दर्ता भएका विदेशी लगानीका उद्योगमा सबैभन्दा बढी प्रदेश ३ मा रहेको विभागले जनाएको छ । त्यस्तै सबैभन्दा कम उद्योग कर्णाली प्रदेशमा छन् ।
कुल लगानीको प्रतिबद्धताको हिसाबमा तुलना गर्दा लागानीको आधाभन्दा बढी हिस्सा प्रदेश ३ मा र कम हिस्सा प्रदेश ७ मा रहेको उद्योग विभागका सूचना अधिकारी दुर्गाप्रसाद भुसालले जानकारी दिए ।

प्रदेश ३ मा कुल विदेशी लगानीका उद्योगको ८० प्रतिशत र लगानीको ५५ प्रतिशत उद्योग रहेको उनको भनाइ छ । प्रदेश ३ मा एक खर्ब ३७ अर्बका साना मझौला र ठूला गरी कुल तीन हजार चार सय दुई उद्योग छन् । विभागका वैदेशिक शाखाका निर्देशक चूडामणि न्यौपानेले प्रदेश १ मा एक सय २५ ओटा, २ मा एक सय ३० ओटा, प्रदेश ३ मा तीन हजार चार सय ४३ र प्रदेश ४ मा तीन सय ४३ उद्योग छन् । त्यसैगरी प्रदेश ५ मा एक सय ७८ ओटा, प्रदेश ६ मा २२ र प्रदेश सातमा ३३ वैदेशिक लागानीका उद्योग दर्ता भएका छन् ।

त्यस्तै फ्रान्स, जर्मनी, बेलायत, मौरिसस, फिनल्यान्ड र भारत गरी ६ मुलुकसँग नेपालको द्विपक्षीय लगानी प्रवद्र्धन तथा संरक्षण सम्झौता भएको छ । चालू आवको आठ महिनासम्ममा ती राष्ट्रका लगानीकर्ताबाट एक हजार एक सय तीन उद्योगमा कुल विदेशी लगानीको करिब ४० प्रतिशत लगानीको प्रतिबद्धता आएको छ । यसमध्ये भारतका लगानीकर्ताको हिस्सा अधिक रहेको विभागले जनाएको छ ।

उद्योगमा विदशी लगानीको अंश १५ प्रतिशत

आठ महिनासम्ममा सञ्चालनका लागि स्वीकृतिप्राप्त उद्योगमा भएका कुल लगानीमा विदेशी लगानीको अंश १५ प्रतिशत रहेको बताइएको छ । विदेशी लगानीका लागि स्वीकृति पाएका उद्योगमध्ये परियोजना लागतका आधारमा भारतीय लगानीकर्ताले ३५ प्रतिशत हिस्सा ओगटेको तथ्याङ्कमा उल्लेख छ ।

दोस्रोमा चीनका लगानीकर्ताको २५ दशमलव ६ प्रतिशत र तेस्रोमा चीन हङ्कङका लगानीकर्ताको ११ प्रतिशत हिस्सा छ ।

गत आर्थिक वर्षसम्म कुल विदेशी लगानीमा भारत, चीन र हङ्कङका लागानीकर्ताको अंश क्रमशः ३९ प्रतिशत, १६ र १३ प्रतिशत रहेको थियो । पछिल्लो समय विदेशी लगानीमा चीनका लागानीकर्ताको हिस्सा निरन्चर उकालोतर्फ रहेको विभागले जनाएको छ ।

विदेशी लगानीका लागि स्वीकृति पाएका उद्योग सङ्ख्याका आधारमा चीनका लगानीकर्ताको अंश २८ दशमलाव ७ प्रतिशत, भारतका अगानीकर्ताको अंश १६ दशमलव सात र संयुक्त राज्य अमेरिकको लगानीकर्ताको ८ प्रतिशत रहेको जनाइएको छ ।