उपत्यकाका दुई पेट्रोल पम्पमा विभागले गर्यो सिल

हरिसिद्धि आयल स्टोर शान्तिनगर चोक, थ्री ब्रदर्स आयल स्टोर बानेश्वर, सीताकेयर प्रालि कालिमाटी, कनक ट्रेड सेन्टर टेकु र नेवाः टे«ड कन्सर्न ढल्कोमा विभागले अनुगमन गरेको हो ।

नेपाल गुणस्तर तथा नापतौल विभागले उपत्यकाका पाँच पेट्रोल पम्ममा अनुगमन गरेर दुई ओटामा सिल गरेको छ । हरिसिद्धि आयल स्टोर शान्तिनगर चोक, थ्री ब्रदर्स आयल स्टोर बानेश्वर, सीताकेयर प्रालि कालिमाटी, कनक ट्रेड सेन्टर टेकु र नेवाः टे«ड कन्सर्न ढल्कोमा विभागले अनुगमन गरेको हो ।
हरिसिद्धि आयलमा पेट्रोल नोजल थान १ को पाँच लिटरको नापमा ३० मिलिलिटरसम्म कम देखिएकाले त्यसलाई सिल गरिएको विभागले जारी आइतबार गरेको विज्ञप्तिमा उल्लेख छ । यसैगरी थ्री ब्रदर्स बानेश्वर, सीताकेयर प्रालि, कालिमाटी र नेवाः टे«ड कन्सर्न ढल्कोमा नाप परिमाण ठीक नभएको पाइएको विभागको भनाइ छ । कनक ट्रेड सेन्टर टेकुमा पेट्रोल नोजल थान १ को ५ लिटरको नापमा ४५ मिलिलिटरसम्म कम देखिएकाले त्यसलाई पनि सिल गरी बिक्रीवितरण बन्द गरिएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए ।