सरकारको दबाबपछि तेल लिन भारत गए ट्याङ्कर चालक

नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले बिहानैबाट तेल लिन ट्याङ्कर चालकहरु भारततर्फ लागिसकेको जानकारी दिए । ‘हामीले उनीहरुलाई विश्वस्त पारेर पठाएका छौं,’ प्रवक्ता गोइतले भने, ‘तेल ढुवानी रोकिँदैन ।’

सरकारको चर्को दबाबपछि ट्याङ्कर चालकहरु तेल लिन भारत गएका छन् । आज (मङ्गलबार) तेल लिन नगए लाइसेन्स खारेज गर्ने चेतावनी सरकारले दिएको थियो ।

नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले बिहानैबाट तेल लिन ट्याङ्कर चालकहरु भारततर्फ लागिसकेको जानकारी दिए । ‘हामीले उनीहरुलाई विश्वस्त पारेर पठाएका छौं,’ प्रवक्ता गोइतले भने, ‘तेल ढुवानी रोकिँदैन ।’

ट्याङ्कर चालकले भारतीय प्रहरीले आपूmहरुमाथि हातपात गरेको भन्दै भारतबाट तेल नउठाउने निर्णय गरेका थिए । सोमबार भारतबाट तेल नउठाएपछि निगमले थानकोट डिपोमा रहेको तेल मात्र बजारमा पठाएको थियो । बजारमा पर्याप्त मात्रामा तेल नआएपछि उपभोक्ताहरुले सास्ती बेहोरेका थिए ।