काठमाडौं स्टिलको इजाजत खारेज

काठमाडौं स्टीलद्वारा उत्पादन भएको एफई ५०० ग्रेडको फलामे डण्डीका ८ मिमी, १० मिमी, १२ मिमी र १६ मिमी साइजका नमुनाहरु विभागले परीक्षण गराएको थियो । परीक्षणका क्रममा उत्पादित डण्डीहरुमा रासायनिक गुण नदेखिएको विभागको भनाइ छ ।

काठमाडौं स्टिल प्रालिको इजाजत खारेज भएको छ । नेपाल गुणस्तर तथा नापतौल विभाग काठमाडौंले प्रयोगशालामा परीक्षण गर्दा भौतिक चारित्रिक गुण नेपाल गुणस्तर १९१ बमोजिम नपाइएपछि इजाजत खारेज गरिएको महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए ।

काठमाडौं स्टीलद्वारा उत्पादन भएको एफई ५०० ग्रेडको फलामे डण्डीका ८ मिमी, १० मिमी, १२ मिमी र १६ मिमी साइजका नमुनाहरु विभागले परीक्षण गराएको थियो । परीक्षणका क्रममा उत्पादित डण्डीहरुमा रासायनिक गुण नदेखिएको विभागको भनाइ छ ।

काठमाडौं स्टिललाई विभागले दुई किसिमको गुणस्तरमा डण्डी उत्पादनका लागि इजाजत दिएको थियो । जसमा एफई ५०० ग्रेडको फलामे डण्डी उत्पादनको इजाजत खारेज भएको हो । उद्योगले अब ५०० डी ग्रेडको डण्डी मात्र उत्पादन गर्न पाउँछ ।

उद्योगले केही समयभित्र एफई ५०० ग्रेडको डण्डी उत्पादनका लागि आवश्यक भौतिक चारित्रिक गुण नेपाल गुणस्तर १९१ पूरा नगरे त्यो पनि बन्द गरिने विभागले जनाएको छ ।