तामाकोसीलाई दोलखावासीले कुनै अवरोध सिर्जना नगरी ९२ प्रतिशत काम सम्पन्न गर्नमा सहयोग गरेको तर आयोजनामा भ्रष्टाचार भएको देखिएपछि उनीहरुले यस सम्बन्धी आवश्यक छानविन र कारवाहीका लागि आयोगमा उजुरी दर्ता गराएका हुन् ।
राष्ट्रिय गौरवका आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा भ्रष्टाचार भएको आशङ्कामा जिल्लावासीले अख्तियार दुरोपयोग अनुसन्धान आयोगमा ऊजुरी दर्ता गराएका छन् ।
तामाकोसीलाई दोलखावासीले कुनै अवरोध सिर्जना नगरी ९२ प्रतिशत काम सम्पन्न गर्नमा सहयोग गरेको तर आयोजनामा भ्रष्टाचार भएको देखिएपछि उनीहरुले यस सम्बन्धी आवश्यक छानविन र कारवाहीका लागि आयोगमा उजुरी दर्ता गराएका हुन् ।
आयोजनामा देखिएको बेथिति, अनियमितता र दोलखावासीलाई निश्चित गरेको १० प्रतिशत सेयर न्यायोचित वितरण, लागत बढेको विषय, समय अवधि बढेको र भ्रष्टाचार लगायतका विषयमा पटक पटक ध्यानाकर्षण गराउँदासमेत सम्बन्धित पक्षले कुनै वास्ता नगरेपछि जिल्लावासीले मङ्गलबार आयोगमा ऊजुरी दर्ता गराएका हुन् ।