२०१८ मा विश्वको अर्थव्यवस्था ३.१ प्रतिशतले बढ्ने

उन्नत अर्थव्यवस्थाको वृद्धिमा कमी र उदाउँदो बजारमा प्रमुख वस्तुहरुको निर्यातमा पुनरागमन तथा विकासशील अर्थव्यवस्थाको स्तर खस्केको विश्व बैङ्कले मङ्गलबार भनेको हो ।

अहिलेको मन्दीका बावजुद, वैश्विक आर्थिक विकास आगामी दुई वर्षमा सुस्त हुनुभन्दा अघि २०१८ मा ३.१ प्रतिशत वृद्धि हुनेछ । उन्नत अर्थव्यवस्थाको वृद्धिमा कमी र उदाउँदो बजारमा प्रमुख वस्तुहरुको निर्यातमा पुनरागमन तथा विकासशील अर्थव्यवस्थाको स्तर खस्केको विश्व बैङ्कले मङ्गलबार भनेको हो ।

विश्व बैङ्क समूहका अध्यक्ष जिम योङ किमले भने, ‘यदि हामीले देखेको यस वर्षको मजबूत आर्थिक विकासलाई कायम राख्न सक्यौं भने विशेषगरी दक्षिण एशियाको द्रुत गतिमा बढिरहेको अर्थव्यवस्थामा यसले लाखौं व्यक्तिलाई गरिबीबाट उठाउन मद्दत गर्न सक्छ ।’

केन्द्रीय बैङ्कले विस्तारै विस्तारै मौद्रिक प्रोत्साहन हटाउनाले उन्नत अर्थव्यवस्थामा चहलपहल आगामी वर्ष २ प्रतिशतले विस्तार हुनुपूर्व २०१८ मा २.२ प्रतिशतले बढ्ने अपेक्षा रहेको जुन २०१८ मा वैश्विक आर्थिक सम्भावनाले भनेको छ । उदाउँदो बजार र विकासशील अर्थव्यवस्थामा भएको वृद्धिले २०१८ मा ४.५ प्रतिशतसम्म पुग्ने अनुमान छ ।

विश्व बैङ्कका वरिष्ठ विकास निर्देशक शान्तायनन देवराजनले भने, ‘लामो अवधिमा वस्तुहरुको खपतमा अनुमानित कमीले राजस्वका लागि कमोडिटी निर्यातमा निर्भर रहने विकासशील देशका दुई तिहाइ व्यक्तिहरुका लागि चुनौती उत्पन्न हुन सक्छन् ।’ ‘यसले आर्थिक विविधीकरण र वित्तीय तथा मौद्रिक प्रारुपलाई सुदृढ पार्ने आवश्यकतालाई मजबुत बनाउँछ,’ देवराजनले भने ।

विश्व बैङ्क विकास अर्थशास्त्र सम्भावना निर्देशक अयहान कोसले भने, ‘उन्नत अर्थव्यवस्थामा मौद्रिक नीतिको सामान्यीकरण उच्च गियरमा आउनेहुँदा उदाउँदो बजार र विकासशील अर्थव्यवस्थामा नीति निर्माताहरुलाई वित्तीय बजारमा हुने अस्थिरताको सम्भावित प्रतिस्पर्धाबाट उम्कन तयार रहनु पर्छ ।’

धेरै वर्षको अधोगतिपछि लामो अवधिको विकासका लागि सर्वसम्मत पूर्वानुमान स्थिर भएको छ । एक दशकअघि वैश्विक अर्थव्यवस्था अन्ततः वित्तीय सङ्कटको छायाबाछ बाहिरिने यो एउटा सम्भावित सङ्केत हो ।

रिपोर्टले नीति निर्माताहरुसँग ती सबै सुधारहरु लागू गर्न आग्रह गरेको छ जुन दीर्घकालिक विकास सम्भावनाहरुलाई उठाउँछन् । तीव्र गतिमा परिवर्तन भइरहेको प्रविधिजन्य परिदृश्यमा कौशल अधिग्रहण तथा प्रतिस्पर्धात्मकता एवम् खुला व्यापारलाई प्रोत्साहन दिनुको महत्त्वमाथि प्रकाश पारिएको छ ।