अर्थमन्त्री युवराज खतिवडाले सरकारले दिगो राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न मुख्य साझेदार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडी बढ्ने बताएका छन । नेपाल आर्थिक पत्रकार समाज र नेपाल उघोग परिसंघले संघीय बजेटको बारेमा आयोजना गरेको छलफल कार्यक्रममा अर्थमन्त्रीले उक्त विचार व्यक्त गरेका हुन ।
आवश्यक क्षेत्रहरूलाई प्राथमिकताामा राखेर आन्तरिक बजारमा खपत हुने गरि आैद्योगिक विकास ,अन्तर्राष्ट्रिय पुँजी ल्याएर भए पनि उद्योग क्षेत्रको उत्पादन क्षमता बढाउने , उत्पादनशिल क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्ने ,बन्द भएका उद्योगलाई निजी क्षेत्रसँग सहकार्यमा सञ्चालन गर्ने ,नीतिगत असमझदारी हटाउने सरकारको कार्यक्रम भएकोले उद्योगी र व्यवसायीहरू आस्वस्त भएर लगानी गर्न अर्थमन्त्री खतिवडाले आग्रह गरेका थिए । महिला उद्यमिहरूलाई उत्साहित गर्ने खालका व्यवसायी योजना सरकारले ल्याउन लागेकोले बैंकहरूले पनि लैँगिकमैत्री कर्जा नीति ल्याउनु पर्नेमा जोड दिए । रोजगार सिजना गर्ने र आत्मनिर्भर हुने गरी युवा स्वेरोजगार कार्यक्रम बजेटमा समेटिएकोले सिर्जनशिल युवाहरू अगाडि आउन अर्थमन्त्री खतिवडाले अनुरोध गरे । कसैले यस कार्यक्रमको दुरुपयोग गरे नागरिक सुविधाबाट बन्चित हुने र कानुन अनुसार दण्डित हुनुपर्ने चेतावनी दिए ।आयातमा आधारित उपभोक्तावादी अर्थतन्त्रलाई सुधार गर्दै नयाँ दिशा दिन लागेको र संघीयताको मर्म अनुसारको बजेट भएकोले केहि अस्पस्टता भए छलफल गरेर हल गर्न सकिने अर्थमन्त्री खतिवडाले जोड दिए ।
बजेटको छलफल कार्यक्रममा उद्यमी शारदा रिजाल, रमेश श्रेष्ठ , विष्णु अग्रबाल ,दिपक दाहाल ,बालकृष्ण श्रेष्ठ ,मोहन कटुवाल ,पुष्पमान श्रेष्ठ लगाएत उद्योगी व्यवसायीहरूले नेपाली उद्योगको समस्या ,चुनौती , बजेटका अस्पस्टता र सरकारले ध्यान दिनु पर्ने विषयमा अर्थमन्त्रीले ध्यान केन्द्रीय गरेका थिए । कार्यक्रममा नेपाल आर्थिक पत्रकार समाजका अध्यक्ष पुष्पराज आर्चायले बजेटको विषयमा विश्लेषण सहितको अवधारणा प्रस्तुत गरेका थिए ।
कार्यक्रममा राजस्व सचिव शिशिर कुमार ढुंगानाले बजेटमा समेटिएका आर्थिक विषयमा स्पष्ट पार्दै निजी क्षेत्रलाई यो बजेटले उत्साहित बनाउनको लागि थप सहकार्यमा जोड दिए ।नेपाल आर्थिक पत्रकार समाजका अध्यक्ष पुष्पराज आचार्यको अध्यक्षता ,नेपाल उघोग परिसंघका अध्यक्ष हरिभक्त शर्माको स्वागत र आर्थिक पत्रकार समाजका महासचिव भिम गौतमको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।