आधुनिकीकरण कार्यक्रम अर्न्तगत आगामी वर्षदेखि २१/२१ सुपर जोन र पकेट ब्लक बनाउने योजना अगाडि सारेको बताए । आम साना किसानलाई सहुलियत ब्याजदरमा ऋण र अनुदानका कार्यक्रमलाई लक्षित वर्गसम्म पुर्याउन मन्त्रालयले ठोस नीति बनाउने बताए ।
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले अहिलेको कृषि प्रणालीको प्याटर्न बदलेरै व्यावसायिक र आधुनिकीकरण गर्न लागिएको बताएका छन् । साना किसानको नजरमा आर्थिक वर्षको बजेट २०७५/०७६ को बजेट समीक्षा कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले आगामी पाँच वर्षभित्र कृषि उत्पादन दोब्बर गर्ने लक्ष्य भेटाउन केही न केही नीतिगत सुधार गरी कृषि क्षेत्रलाई अगाडि बढाउने बताएका हुन् । उनले वि.सं २०२१ सालको भूमि ऐन पूरै खारेज गरी भूमिका २५ आेटा नयाँ कार्यनीति बनाउने तयारी रहेको बताए । उनले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अर्न्तगत आगामी वर्षदेखि २१/२१ सुपर जोन र पकेट ब्लक बनाउने योजना अगाडि सारेको बताए । आम साना किसानलाई सहुलियत ब्याजदरमा ऋण र अनुदानका कार्यक्रमलाई लक्षित वर्गसम्म पुर्याउन मन्त्रालयले ठोस नीति बनाउने बताए । आगामी वर्षदेखि लागू हुने गरी ८ अर्बको योजना अगाडि सारेको उल्लेख गर्दै मन्त्री खनालले बुटवल क्षेत्रमा ५० विघा क्षेत्रफलमा बृहत् नमुना कृषि फार्म सञ्चालन गर्न कार्यविधि बनाइएको बताए ।
त्यस्तै कृषि मन्त्रालयका प्रवक्ता योगेन्द्रकुमार कार्कीले आगामी वर्षको बजेटमा कृषि क्षेत्रको बजेट ससर्तमा गएकाले पनि आगामी पाँच वर्षभित्र कृषिमा आत्मनिर्भर हुन सहयोग पुग्ने बताए । आगामी दुर्इ वर्षमा देशलाई तरकारी र माछामा आत्मनिर्भर बनाउन र आगामी पाँच वर्षभित्र देश आत्मनिर्भर बन्न नयाँ कृषि कार्यक्रम ल्याउन लागिएको बताए ।
उक्त अवसरमा कृषि विश्लेषक सोमत घिमिरेले नीति तथा कार्यक्रम र बजेटमा समावेश गरिएका, छुटेका, वैचारिक अस्पष्टता हुनसक्ने विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।