वेस्ट इन्डिजबाट सर्वाधिक वैदेशिक लगानी, गुणस्तरमा शङ्का

आतङ्ककारी वा अन्य आपराधिक गतिविधिबाट आर्जित रकम लगानी भएको हुनसक्ने आशङ्का गर्दै नेपाल राष्ट्र बैङ्कका एकजना उच्च अधिकृत नाम उल्लेख नगर्ने सर्तमा प्रतिक्रिया दिँदै भन्छन् – “वेस्ट इन्डिजबाट भएको लगानी कति स्वस्थकर छ भन्ने कुराको निर्क्यौल गर्न जरुरी छ ।”

नेपालमा सर्वाधिक प्रत्यक्ष वैदेशिक लगानी वेस्ट इन्डिजबाट भएको पाइएको छ ।

उद्योग, व्यापार एवम् औद्योगिक क्षेत्रमा लगानी गर्ने देशका रुपमा मुलुकमा विरलै सुनिएको उक्त राष्ट्रबाट प्रवाह भएको लगानीको गुणस्तरमा अर्थतन्त्रका विश्लेषकहरुले शङ्का गरेका छन् ।

आतङ्ककारी वा अन्य आपराधिक गतिविधिबाट आर्जित रकम लगानी भएको हुनसक्ने आशङ्का गर्दै नेपाल राष्ट्र बैङ्कका एकजना उच्च अधिकृत नाम उल्लेख नगर्ने सर्तमा प्रतिक्रिया दिँदै भन्छन् – “वेस्ट इन्डिजबाट भएको लगानी कति स्वस्थकर छ भन्ने कुराको निर्क्यौल गर्न जरुरी छ ।”

सेवा क्षेत्रमा मात्र उक्त देशबाट ६२ अर्ब ७७ करोड ९० लाख ७० हजार लगानी भएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । गत आर्थिक वर्षमा त्यति रकम नेपालमा लगानी भएको हो ।

‘नेपालमा प्रत्यक्ष वैदेशिक लगानी’ शीर्षकमा केन्द्रीय बैङ्कले पहिलोपटक गरेको सर्वेक्षणमा भारत दोस्रो र चीन तेस्रो लगानीकर्ता मुलुक बनेका देखाइएको छ । सोही अवधिमा भारतबाट औद्योगिक र सेवा क्षेत्रमा २७ अर्ब २५ करोड ४० लाख १० हजार र चीनबाट १० अर्ब ८४ करोड ४१ लाख रूपैयाँ लगानी भएको छ ।

नेपालमा सिङ्गापुर, आयरल्यान्ड, अस्ट्रेलिया, दक्षिण कोरिया, बंगलादेश, संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिका, नर्वे, पाकिस्तान, हङ्कङ, जापान, द नेदरल्यान्डस्, ताइवान, मलेसिया, बर्मुडा, स्विट्जरल्यान्ड, केम्यान आइल्यान्डस्, रसिया, श्रीलङ्का, संयुक्त अरब इमिरेट्स, फ्रान्स, मरिसस, थाइल्यान्ड, बु्रनाई, जर्मनी, टर्की, न्युजिल्यान्ड, स्विडेन, क्यानडा, बेलारुस, कजाकस्तान, ताजकिस्तान, साइप्रस, भुटान, सेसेल्स र इटालीबाट कृषि, औद्योगिक र सेवा क्षेत्रमा लगानी भएको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ ।

ती देशबाट दुई सय ५२ अाेटा कृषि, उद्योग र सेवासँग सम्बन्धित व्यापारिक प्रतिष्ठानमा लगानी भएको छ । रासस