नयाँ व्यवस्थाअनुसार व्यक्तिगत रुपमा ५० ग्राम सुन आयात गर्दा ५ हजार २ रुपैयाँ भन्सार शुल्क लाग्छ । त्यसैगरी थप ५० ग्रामका लागि ६ हजार २ सय रुपैंयाँ भन्सार महसुल छ ।
सरकारले बहुमूल्य धातु सुनको आयातमा तीनथरि भन्सार दर कायम गरेको छ । यस्तो मूल्य व्यावसायिक प्रयोजनमा आउने भन्दै घरेलु हिसाबले आउने सुनमा बढी भन्सार दर छ ।
नयाँ व्यवस्थाअनुसार व्यक्तिगत रुपमा ५० ग्राम सुन आयात गर्दा ५ हजार २ रुपैयाँ भन्सार शुल्क लाग्छ । त्यसैगरी थप ५० ग्रामका लागि ६ हजार २ सय रुपैंयाँ भन्सार महसुल छ । खासगरी विदेशमा ६ महिनाभन्दा बढी समय काम गरेर फर्कने कामदारलाई यसरी सुन ल्याउन दिइएको छ । तर, व्यावसायिक प्रयोजनका लागि बैङ्कहरुले आयात गर्ने सुनमा भने ४ हजार २ रुपैयाँ भन्सार महसुल लाग्छ ।
विगतमा सर्वसाधारण विदेशबाट आउँदा सुन ल्याउन नपाउने भएपनि सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विदेशबाट आउने सर्वसाधारणले सय ग्रामसम्म सुन ल्याउन पाउने व्यवस्था गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले भने जहाँबाट जसरी सुन आयात गरेपनि त्यो बजारमै आउने भएकाले सुन आयात गर्दा लाग्ने भन्सार दरलाई एकरुपता बनाउन माग गरेको छ । नेपाल राष्ट्र बैङ्कलाई आगामी मौद्रिक नीतिबारे सुझाव दिँदै महासङ्घले भन्सार महसुल एउटै नभएको स्थितिमा सुन व्यवसायीलाई त्यस्तो सुन कारोबार गर्न अप्ठ्यारो हुने दाबी गरेको छ ।
आईबीएन मिडिया रिसर्चले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव सङ्कलन गर्न आयोजित अन्तक्र्रियामा महासङ्घका वरिष्ठ उपाध्यक्ष मनिकरत्न शाक्यले वाणिज्य बैङ्क र व्यक्तिगत तबरमा ल्याउने सुनबीचको भन्सार दर फरक हुँदा बजार मूल्य प्रभावित हुने दाबी गरे । उनले ५० हजारभन्दा बढी रुपैंयाँको सुन खरिद गर्दा अनिवार्य चेकको माध्यमबाट कारोबार गर्नुपर्ने व्यवस्था संशोधन गरेर ५ लाख रुपैयाँ पु¥याउनु पर्ने माग गरे । खासगरी व्यक्तिगत सुन ल्याएर बिक्री गर्नेहरुले चेक लिन नमान्ने र नगदै लैजान चाहने भएकाले ५० हजारको व्यवस्था अव्यावहारिक भएको उनको दाबी छ । उनले सुन बहुमूल्य धातु भएको र एक तोलाकै ५८ हजार रुपैयाँभन्दा बढी पर्ने हुनाले बिक्री गर्न आउनेसँग कसरी डिल गर्ने भनेर प्रश्न गरेका थिए ।
कार्यक्रममा सुन व्यवसायी रमेश महर्जनले सुनचाँदी व्यवसाय मात्र नभएर उद्योगको रुपमा विकास भइरहेकाले सुन आयात गर्दा एकद्वार नीति अवलम्बन गर्नुपर्ने बताए । उनले सुनचाँदीका गरगहना बनाएर बिक्री गर्न सके वार्षिक १ देखि २ खर्ब रुपैयाँ (१–२ अर्ब डलर)को निर्यात गर्ने सम्भावना रहेको दाबी गरे । ‘तर, सरकारले यसलाई उद्योगको रुपमा स्वीकारै गर्दैन,’ उनले भने, ‘सुनचाँदी आयात गर्दा बैङ्क र निजी क्षेत्र दुवैलाई दिने र प्रादेशिक रुपमा बिक्री गर्ने व्यवस्था भए जुन सस्तो मूल्य पर्छ लगानीकर्ताले त्यही सुन किन्छ ।’