नेपाली सामान बोकेकाे पानीजहाजमा आगलागी, अर्बौ रुपैयाँ बराबरको धनमाल नस्ट भएको आशङ्का

पानी जहाजमा २० फुटका ३ सय १५ ओटा र ४० फुटका १ सय ४९ ओटा कन्टेनर थिए । त्यसमध्ये अधिकांश कन्टेनर जलेको स्रोतले बताएको छ । उक्त जहाजमा नेपाली सामानसहितकाे कन्टेनरसमेत भएकाे बताइएकाे छ ।

नेपाली सामान सहितको कन्टेनर बोकेर कोलकात्ता बन्दरगाहतर्फ आइरहेको पानी जहाजमा लागलागी भएको छ । सो पानी जहाज आगलागी हुँदा अर्बौ रुपैयाँ बरारबको धनमाल जलेर नस्ट भएको छ ।

पानी जहाजमा २० फुटका ३ सय १५ ओटा र ४० फुटका १ सय ४९ ओटा कन्टेनर थिए । त्यसमध्ये अधिकांश कन्टेनर जलेको स्रोतले बताएको छ । उक्त जहाजमा नेपाली कन्टेनरसमेत हुन सक्ने बताइएकाे छ ।

‘के कति कन्टेनर छन्, भन्ने एकीन भएको छैन,’ स्रोतले भन्यो, ‘तर, त्यसमा नेपाली कन्टेनर छन् ।’ कोलाकातामा आइरहेको जहाजमा एक्कासी आगलागी भएपछि ठूलो क्षति भएको हो ।