सात ओटै प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७५÷०७६ को लागि बजेट आज सार्वजनिक गर्ने भएका छन । दिउँसो बस्ने प्रदेशसभा बैठकमा बजेट पेस गर्ने कार्यक्रम रहेको जनाइएको छ।
संघले छुट्याएको वित्तीय हस्तान्तरण, राजस्व बाँडफाँड र प्रदेशको आफ्नो आन्तरिक स्रोतलाई समेटेर प्रदेश सरकारले एकै दिन बजेट ल्याउन लागेका हुन्। केन्द्र सरकाले जेठ १५ गते आर्थिक वर्ष ०७५–७६ को बजेट सार्वजनिक गरेको थियो।
जनसंख्या, क्षेत्रफल, मानव विकास सूचकांक, पूर्वाधार एवं खर्चको आवश्यकता लगायतलाई आधार मानेर प्रदेश सरकारहरुले बजेट ल्याउन लागेका हुन्।केन्द्र सरकारले प्रदेश सरकारलाई न्यूनतम १३ अर्बदेखि बढीमा १९ अर्बसम्मको वित्तीय हस्तान्तरण गरेको छ।