तेस्रो मुलुकबाट सामान बोकेर आएको जहाजमा एक्कासी आगलागी भएको थियो । उक्त आगलागीमा परेर नेपाली उद्योगी व्यवसायीका कन्टेनरसमेत जलेका हुन् ।
कोलाकाता बन्दरगाह आइरहेको समुद्री जहाज बिहीबार आगलागी हुँदा नेपाली उद्योगीका सयभन्दा बढी कन्टेनर जलेर नस्ट भएका छन् ।
तेस्रो मुलुकबाट सामान बोकेर आएको जहाजमा एक्कासी आगलागी भएको थियो । उक्त आगलागीमा परेर नेपाली उद्योगी व्यवसायीका कन्टेनरसमेत जलेका हुन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष पशुपति मुरारकाको कन्टेनर जल्दा ४ करोड रुपैयाँबराबर नोक्सान भएको छ । मुरारकाले कन्टेनरमा मोबाइल ल्याएका थिए ।
त्यसैगरी, अन्य थुप्रै व्यवसायीको कन्टेनर जलेको छ । तर, उक्त जहाजमा कुन कुन व्यवसायीका कन्टेनर थिए भन्ने यकिन भइसकेको छैन । पानी जहाजमा २० फुटका ३ सय १५ ओटा र ४० फुटका १ सय ४९ ओटा कन्टेनर थिए । त्यसमध्ये अधिकांश कन्टेनर जलेको स्रोतले बताएको छ ।