विभागले आह्वान गरेको बोलपत्रमा सहभागी ह्वासिनले सबैभन्दा बढी ६० करोड रुपैयाँमा खानी खरिद गर्ने प्रस्ताव गरेकोले उसैको प्रस्ताव स्वीकृत भएको विभागले जनाएको छ । यस कम्पनीले नेपालमा सिमेन्ट उद्योग सञ्चालनका लागि समेत स्वीकृति लिएको छ । त्यस्तै, छनोटमा परेकामध्ये आईएमई ग्रुपका २ ओटा कम्पनी छन् ।
काठमाडौं– खानी तथा भूगर्भ विभागले नेपालका चुनढुंगा खानी तथा अन्य विभिन्न खानी उत्खनन तथा अन्वेषणका लागि विभिन्न ११ ओटा कम्पनीलाई छनोट गरेको छ । विभागले गत चैत र वैशाखमा आह्वान गरेको बोलपत्रमा सहभागी १९ कम्पनी मध्ये ३ वटा चिनियाँसहित ११ कम्पनीको प्रस्ताव स्वीकृत गरेको हो । छनोटमा परेका कम्पनीहरुसँग अब प्रक्रिया पु¥याएर सम्झौता गरिने विभागका प्रवक्ता कृष्णदेव झाले बताए ।
‘छनोटमा परेका कम्पनीहरुसँग अब सम्झौताको प्रक्रिया सुरु हुने छ,’ उनले भने । विभागले छनोट गरेका कम्पनी मध्ये चीनको ह्वासिन सिमेन्ट प्रालीले धादिङ र मकवानपुर जिल्लाको सीमा क्षेत्रमा पर्ने पानीखर्क चुनढुंगा खानीको अध्ययन तथा उत्खननको जिम्मा पाउने भएको छ ।
विभागले आह्वान गरेको बोत्रपत्रमा सहभागी ह्वासिनले सबैभन्दा बढी ६० करोड रुपैयाँमा खानी खरिद गर्ने प्रस्ताव गरेकोले उसैको प्रस्ताव स्वीकृत भएको विभागले जनाएको छ । यस कम्पनीले नेपालमा सिमेन्ट उद्योग सञ्चालनका लागि समेत स्वीकृति लिएको छ ।
त्यस्तै, छनोटमा परेका मध्ये आईएमई ग्रुपका २ ओटा कम्पनीहरु छन् ।
आईएमई ग्रुप प्रालिले पाल्पाको मदनपुर ज्यामिरेस्थित चुनढुंगा खानी र बैतडीको दियारीगाड सिरिकोट चुनढुंगाखानी सञ्चालनको जिम्मा पाउने भएको छ । यी दुबै कम्पनी छनोटमा परेका छन् ।
छनोटमा परेका मध्ये डोङसान मिनरल्स प्रालिले धादिङ÷मकवानपुर क्षेत्रको लावाङ–खैराङ बहुधातु(सिसा र जिंक)खानी उद्योग अध्ययन र उत्खननको प्रस्ताव स्वीकृत भएको हो । त्यस्तै, सन फङ मिनिरल्स प्रालिले गरेको मकवानपुरको कालिटारस्थित तामाखानी उत्खनन गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।
त्यस्तै शक्ति मिनिरल्स प्रालिले तनहुँको फलामखानी उत्खनन गर्ने जिम्मेवारी पाएको छ । छनोटमा परेका ११ मध्ये ८ ओटा कम्पनीहरु चुनढुंगाखानी अध्ययन तथा उत्खननका लागि र ३ ओटा कम्पनी तामा, फलाम, सिसा तथा जिंक अध्ययन र उत्खननका लागि छनोटमा परेका हुन् । छनोटमा परेका कम्पनीहरुलाई पत्राचार गरी विभागले सम्झौता प्रक्रिया अघि बढाउने जनाएको छ ।