विश्वकप २०१८ मा ६.१ बिलियन डलरको आम्दानी हुने फिफाको अपेक्षा

खेलाडी, स्टेडियम निर्माण र प्रतियोगितालाई दिनुपर्ने सयौं लाख यूरो र डलरले विश्वकप अत्याधिक महँगो भएको छ । त्यस्तै फिफाले विश्वकप टिमलाई दिनुपर्ने रकमले यसको लागतको बृद्धि अझै माथी छ । र, पनि फिफा विश्वकप २०१८ बाट नाफा हुन्छ ।

विश्वकप २०१८ को संस्करण इतिहासमा सबैभन्दा महँगो हुने भएको छ । र पनि सबैभन्दा नाफा हुने निश्चित छ । संसारभर ३.४ बिलियन दर्शकहरुले हेर्ने अनुमानित गरिएको विश्वकपमा ६.१ बिलियम डलर आम्दानी हुने फिफाले अपेक्षा गरेको छ जबकी फाइनलमा जाने टिम र खेलाडी आएको क्लबहरुलाई फिफाले कुल ७१९ मिलियन अमेरिकी डलर तिर्छ ।

फिफाले सबैभन्दा बढि टेलिभिजन अधिकारमार्फत पैसा उठाउने गर्छ । फिफाको वित्तियि अपेक्षाअनुसार प्रत्यक्ष प्रशारणको नाफा ३ बिलियन डलरको अपेक्षाभन्दा २ प्रतिशत बढि हुनेछ । त्यस्तै प्रायोजन सम्झौतामार्फत २०० मिलियन बढि अपेक्षासहित १.६५ बिलियन डलर आम्दानी हुनेछ ।

प्रायोजनका लागि चीनबाट कम्पनीहरुको बृद्धि भएको छ । चार बर्षअगाडी प्रायोजनका लागि एक कम्पनी थियो भने अहिले चीनबाट २० मा ७ कम्पनी आएका छन् । यो विचमा जोन्सन एन्ड जोन्सन, क्यास्ट्रोल र कन्टिनेन्टल कम्पनीले २०१५ को भष्ट्रचार आरोपका कारण फिफासँगको आबद्धता तोडेका छन् ।

सबै प्रतियोगितामा गरेर दर्शक ३.४ बिलियम पुग्ने अपेक्षा गरिएको छ जबकी यसअघिको विश्वकपमा ३.२ दर्शकले विश्वकप हेरेका थिए ।

– बिआर बिजनेस रिभ्यू