मुलुकभर हालसम्म एक प्रतिशतमात्रै रोपाइँ

कुल ४ लाख ४५ हजार ९ सय ३८ हेक्टर क्षेत्रफलमध्ये १० हजार ७ सय २७ हेक्टर जमिनमा मात्रै रोपाइँ सकिएको हो ।

मुलुकभर हालसम्म एक प्रतिशत मात्रै रोपाइँ भएको छ । कृषि विकास मन्त्रालयअन्र्तगत कृषि प्रसार निर्देशनालयले दिएको तथ्याङ्कअनुसार हालसम्म एक प्रतिशत धान रोपाइँ भएको छ ।  जसमध्ये पूर्वाञ्चल क्षेत्रमा २ दशमलव ४ प्रतिशत रोपाइँ भएको छ । कुल ४ लाख ४५ हजार ९ सय ३८ हेक्टर क्षेत्रफलमध्ये १० हजार ७ सय २७ हेक्टर जमिनमा मात्रै रोपाइँ सकिएको हो ।

त्यसैगरी मध्यमाञ्चल क्षेत्रमा १ दशमलव ३७ प्रतिशत रोपाइँ भएको छ । कुल ४ लाख ३९ हजार ३ सय २८ हेक्टर क्षेत्रफलमध्ये ६ हजार ३३ हेक्टर जमिनमा मात्रै रोपाइँ भएको तथ्याङ्कले देखाएको छ । यता पश्चिमाञ्चल, मध्य पश्चिमाञ्चल र सुदूर पश्चिमाञ्चल क्षेत्रमा भने रोपाइँ हुन नसकेको मन्त्रालयले जनाएको छ ।