केही ठोस योजनाको सुरुवात गरेको देखिन्छ । खासगरी भूमि नीति, खाद्य निवारण नीति, खाद्य स्वच्छता नीति, भू उपयोग नीति, गुठी ऐन, मालपोत तथा सहकारी नियमावलीको मस्यौदा तयार गरिएको मन्त्रालयले जनाएको छ ।
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले आफ्नो सय दिनको कार्यप्रगति सार्वजनिक गरेको छ । मन्त्री चक्रपाणि खनालले प्रस्तुत गरेको कृषि पशुपक्षी, भूमि व्यवस्था तथा सहकारीको समग्र सुधारका लागि ५८ बुँदे सुधार मार्ग चित्रको कार्यान्वयनमा आफ्नो सय दिन व्यतित गरेको छ ।
केही ठोस योजनाको सुरुवात गरेको देखिन्छ । खासगरी भूमि नीति, खाद्य निवारण नीति, खाद्य स्वच्छता नीति, भू उपयोग नीति, गुठी ऐन, मालपोत तथा सहकारी नियमावलीको मस्यौदा तयार गरिएको मन्त्रालयले जनाएको छ ।
कालीमाटी फलफूल तथा तरकारी पसलको अनुगमन गरी सिन्डिकेट तथा विचौलियाको सूची तयार गरी कारबाही प्रक्रियामा अगाडि बढाइएको छ । त्यस्तैगरी प्रधानमन्त्री कृषि आधुनिकीकरण अर्न्तगत पकेट, ब्लक र जोनको स्थापना तथा स्तरोन्नतीका लागि नयाँ परियोजना तयार गरेको छ ।
दुग्ध उद्योगको अनुगमनलाई तीव्रता दिइएको र अनुगमनमा गुणस्तरहीन दुध विक्री गर्ने डेरी उद्योगको सूची तयार गरिएको मन्त्रालयले जनाएको छ । त्यस्तै योगदानमा आधारित किसान पेन्सन मस्यौदा तयार भएको छ । राष्ट्रिय कृषि अनुसन्धान परिषदलाई मानित विश्व विद्यालयमा रुपान्तरण, कृषि तथा माटो परिक्षण अनुगमन, नमुना आर्गनिक खेती लगायतका कृषि सुधारका कार्यक्रम अगाडि बढेको मन्त्रालयका प्रवक्ता योगेन्द्रकुमार कार्कीले जानकारी दिए ।