नेपालको तीन दिने भ्रमणमा आएका महासचिव कनाकतानापोर्न र अध्यक्ष राणाबीच भएको भेटवार्तामा उत्पादकत्व अभिवृद्धि, कृषिको व्यावसायीकरण÷प्रविधीकरण र राष्ट्रिय उत्पादकत्व अभिवृद्धिमा सरकार–निजी क्षेत्रबीचको सहकार्य र अनुसन्धान तथा विकास एवम् एपीओबाट हुन सक्ने प्राविधिक सहयोग लगायतका विषयमा छलफल भयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घकी अध्यक्ष भवानी राणा र एसियाली उत्पादकत्व सङ्गठनका महासचिव डा. शान्थी कनाकतानापोर्नबीच भेटवार्ता भएको छ ।
नेपालको तीन दिने भ्रमणमा आएका महासचिव कनाकतानापोर्न र अध्यक्ष राणाबीच भएको भेटवार्तामा उत्पादकत्व अभिवृद्धि, कृषिको व्यावसायीकरण÷प्रविधीकरण र राष्ट्रिय उत्पादकत्व अभिवृद्धिमा सरकार–निजी क्षेत्रबीचको सहकार्य र अनुसन्धान तथा विकास एवम् एपीओबाट हुन सक्ने प्राविधिक सहयोग लगायतका विषयमा छलफल भयो ।
बैठकमा अध्यक्ष राणाले एपीओ महासचिवको स्वागत गर्दै एपीओबाट नेपाललाई प्राप्त सहयोग एवम् सहकार्यको प्रशंसा गरिन् । अध्यक्ष राणाले महासङ्घले कृषिको व्यवासायीकरण, रोजगारी सृजना तथा मुलुकको आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको जानकारी गराइन् । अध्यक्ष राणाले नेपाली निजी क्षेत्रलाई आवश्यक तालिम मार्फत उत्पादकत्व अभिवृद्धिमा सघाउन एपीओलाई आग्रह समेत गरिन् ।
महासङ्घको प्रोडक्टिभिटी एन्ड इनोभेसन समितिका सभापति मनीषलाल प्रधान, राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्रका महाप्रवन्धक अञ्जना ताम्राकार, महासङ्घका निमित्त महानिर्देशक गोपालप्रसाद तिवारी, उपमहानिर्देशक मीना श्रेष्ठसहित व्यवसायीहरूको सहभागिता रहेको उक्त भेटवार्तामा एपीओ महासचिव डा. कनाकतानापोर्नले नेपालको आर्थिक विकास र उत्पादकत्व अभिवृद्धिमा सहयोग गर्न आफू तयार रहेको विश्वास दिलाए । उनले राष्ट्रिय उत्पादकत्व अभिवृद्धिका लागि राष्ट्रिय गुरुयोजना बन्नुपर्नेमा समेत जोड दिए ।