सामुदायिक लघुवित्तमा साढे दुई करोड हिनामिना गर्ने तत्कालीन सीईओसहित चार जना पक्राउ

पक्राउ पर्नेमा तानसेनका गोङ्गबु बस्दै आएका ५७ वर्षीय सञ्चालक समितिका अध्यक्ष, काठमाडौंको खिचापोखरी बस्ने ६५ वर्षीय चण्डेश्वरी प्रधान (सञ्चालक समितिका सदस्य), ललितपुरका ५१ वर्षीय बटुकृष्ण जोशी (तत्कालीन सीईओ) र ललितपुरका ६५ वर्षीय स्वयम्भुराम जोशी (तत्कालीन सीईओ) छन् ।

सामुदायिक लघुवित्त वित्तीय संस्थामा सञ्चालक समितिको मिलेमतोमा दुई करोड ५० लाख रुपैयाँ हिनामिना गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले संस्थाका सञ्चालक समितिका अध्यक्ष हीरा विश्वकर्मासहित तत्कालीन सीईओ लगायतका चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा तानसेनका गोङ्गबु बस्दै आएका ५७ वर्षीय सञ्चालक समितिका अध्यक्ष, काठमाडौंको खिचापोखरी बस्ने ६५ वर्षीय चण्डेश्वरी प्रधान (सञ्चालक समितिका सदस्य), ललितपुरका ५१ वर्षीय बटुकृष्ण जोशी (तत्कालीन सीईओ) र ललितपुरका ६५ वर्षीय स्वयम्भुराम जोशी (तत्कालीन सीईओ) छन् ।

प्रहरीले उनीहरुलाई पक्राउ गरी उच्च अदालत पाटनबाट सात दिनको म्याद थप गरी बैङ्किङ कसुर ऐन, २०६४ अनुसार कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

उनीहरुले राम जोशीको व्यक्तिगत संस्था नेपाल महिला उत्थान केन्द्रलाई वित्तीय संस्थाको आधिकारिक निकायको स्वीकृतिबिना दुई करोड ५० लाख रुपैयाँ ऋण प्रवाह गरेका थिए । यस्तै, जोशीले नै नेपाल राष्ट्र बैङ्कको नियमविपरीत तलब भत्ता लगायतका शीर्षकमा बिनास्वीकृति ७ लाख ४४ हजार रुपैयाँभन्दा बढी भुक्तानी लिएका थिए ।

साथै, उनीहरुले संस्थामा आर्थिक कारोबार अपारदर्शी ढङगले गरेका थिए ।