समझौता पत्रमा विश्वविद्यालयका तर्फबाट भाइस प्रेसिडेन्ट सन्दिप रेवानकर र बिजहबका तर्फबाट संस्थापक सञ्चालक प्रदिप सिग्देलले २०७५ असार १२ गते संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।
चार्टर्ड एकाउन्टेन्ट सदस्यहरु सञ्चालक रहेको बिजहब कन्सल्टिङ् सर्भिस प्रालि (बिजहब) र अमिटी विश्वविद्यालय समूहको अमिटी ग्लोबल भर्सिटी प्रालिबीच विभिन्न पेशागत तथा बौद्धिक विकाससम्बन्धी तालिम तथा सेमिनारका कार्यक्रम नेपाल तथा विदेशमा संयुक्त रुपमा सञ्चालन गर्न समझाैता भएको छ । साथै अन्य सम्बन्धित विधाहरुमा पनि संयुक्त रुपमा मिलेर कार्य गर्न एक समझाैता पत्रमा हस्ताक्षर भएको छ । उक्त समझौता पत्रमा विश्वविद्यालयका तर्फबाट भाइस प्रेसिडेन्ट सन्दिप रेवानकर र बिजहबका तर्फबाट संस्थापक सञ्चालक प्रदिप सिग्देलले २०७५ असार १२ गते संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।
बिजहबले यसअघि पनि नेपालमा विभिन्न तालिम तथा परामर्शसम्बन्धी कार्यहरु गर्दै आइरहेको र समझौता पश्चात् अमिटी विश्वविद्यालयले खोज तथा अनुसन्धान गरी पत्ता लगाएका नयाँ तथा रचनात्मक मोडलमा आधारित तालिम तथा कार्यक्रमहरु नेपालममा पनि सञ्चालन गर्ने र त्यसले देशमा अवस्थित प्रतिष्ठानहरु पूर्णरुपमा लाभान्वित हुने कुरामा बिजहबले विश्वास लिएको छ ।