सोमबार होटलका लेखापालले ३ लाख ३० हजार २ सय २४ रुपैयाँ ६० पैसा जरिवाना तिरेपछि गार्ड छुटेका छन् । सिङ्गल फेज मिटर प्रयोग गरिरहेकोमा अब यो हटाएर थ्री फेज मिटर जडान गर्न पनि होटल व्यवस्थापन सहमत भएको छ । यसका लागि लेखापालले फारमसमेत लिएर गएको केन्द्रले जानकारी दिएको छ । केन्द्रका अनुसार महसुल तिर्न वा जरिवाना रकम बाँकी भए त्यो पनि बुझाउन होटल सहमत भएको छ ।
विद्युत् चोर्दै आएको नमोबुद्ध नगरपालिका–१ मथुरापाटीस्थित आर्गनिक हिमालय होटलले ३ लाख ३० हजार रुपैयाँभन्दा बढी जरिवाना तिरेको छ । विद्युत् चोरेको भन्दै नेपाल विद्युत प्राधिरणले जरिवाना तिराएको हो । आइतबार हुकिङ गरी विद्युत् उपभोग गरिरहेको अवस्थामा प्राधिकरण काभ्रे वितरण केन्द्र तथा सुरक्षाकर्मीले होटलका सुरक्षा गार्ड र उपकरण नियन्त्रणमा लिएका थिए ।
सोमबार होटलका लेखापालले ३ लाख ३० हजार २ सय २४ रुपैयाँ ६० पैसा जरिवाना तिरेपछि गार्ड छुटेका छन् । सिङ्गल फेज मिटर प्रयोग गरिरहेकोमा अब यो हटाएर थ्री फेज मिटर जडान गर्न पनि होटल व्यवस्थापन सहमत भएको छ । यसका लागि लेखापालले फारमसमेत लिएर गएको केन्द्रले जानकारी दिएको छ । केन्द्रका अनुसार महसुल तिर्न वा जरिवाना रकम बाँकी भए त्यो पनि बुझाउन होटल सहमत भएको छ ।
होटलले २०६४ सालमा घरेलु ग्राहकले प्रयोग गर्ने सिङ्गल फेज मिटर जडान गरेको थियो । तर, कम क्षमताको लोड लिएर चोरीमार्फत धेरै बिजुली खपत गर्ने उपकरण प्रयोग गरिरहेको थियो ।