अर्थमन्त्री डा युवराज खतिवडाले सोमबार संसदमा बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै निःशुल्क एपले गर्दा नेपालका टेलिकम कम्पनीहरुको करको दायरा कम भैरहेकाले नयाँ भित्रिएको प्रविधिलाई पनि करको दायरामा ल्याउने बताएका हुन् ।
निःशुल्क भ्वाइस सेवा प्रदान गरेका भाइबर, ह्वाट्सएप, इमो, म्यासेन्जरजस्ता विश्वचर्चित एपलाई पनि सरकारले करको दायरामा ल्याउने तयारी गरेको छ ।
अर्थमन्त्री डा युवराज खतिवडाले सोमबार संसदमा बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै निःशुल्क एपले गर्दा नेपालका टेलिकम कम्पनीहरुको करको दायरा कम भैरहेकाले नयाँ भित्रिएको प्रविधिलाई पनि करको दायरामा ल्याउने बताएका हुन् ।
दूरसञ्चारमा भित्रिएका पुराना प्रविधिको सट्टा नयाँ एप्स र नयाँ प्रविधिको माध्यबाट सूचना आदान प्रदान भइरहेको छ । भाइबर, म्यासेन्जर, फेसबुक, इमोजस्ता एप्स नयाँँ प्रविधिको रुपमा भित्रिएका कारण टेलिकम कम्पनीहरुले तिर्ने करको दायरा कम भइरहेको छ, उनले भने ।
नयाँ प्रविधि भित्रिएसँगै प्राधिकरण र टेलिकमले तिर्ने करको दायरा कम भएको छ । जसकारण करको मूल्य घटिरहेकाले करको दायरा बढेपनि करको दर बढ्दैन, उनले भने । सेवा सस्तोमा पाइयो भने दुरुपयोग हुने डर हुने भएकाले त्यस क्षेत्रमा सरकारले नयाँ नियम ल्याएको, उनले बताए ।