द बिजनेस बुट क्याम्प २०१७ सम्पन्न

काठमाडौँ । सीजी लर्निङले प्रस्तुत गरेको ‘द बिजनेस बुट क्याम्प २०१७’ सम्पन्न भएको छ । हाईस्कुल पास गरेका र स्नातक अध्ययनरत विद्यार्थीका लागि क्लब हिमालय नगरकोटमा निःशुल्क चार दिवसीय आवासीय कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा १४ जना सहभागीका १४ ओटा आइडियाबाट चारओटा आइडिया छानिएको थियो । त्यसमा चार टिमले काम गरेका थिए ।

पहिलको दिनको की नोट स्पिकर अरुण चौधरी थिए भने अन्य दिनमा ज्योति समूहका निर्देशक सौरभ ज्योति र सीजी होल्डिङ्सका प्रमुख प्रबन्धक मिथलेश झा अतिथि स्पिकर थिए । उद्यमी हेमपाल श्रेष्ठ र कर्पोरेट र एफडीआई वकिल अञ्जनकुमार दाहालले यी आइडियालाई मध्यस्थता गरेका थिए । योबाहेक सहभागीलाई ब्रेन स्ट्रोमिङ, बिजनेस आइडिया लेखन, पिचिङबारे तालिम प्रदान गरिएको थियो । साथै नेतृत्व क्षमताको विकास एवम् व्यक्तिगत विकासको महङ्खवले अतिथि स्पिकर र मध्यस्थकर्ताकोसत्र राखिएको थियो ।

ग्लोकल प्रालिद्वारा सञ्चालित ग्लोकल आफ्टर स्कुलले उक्त कार्यक्रम आयोजना गरेको हो । यो स्कुलले सीप विकासका तालिम विद्यार्थी र कर्पोरेट दुवै क्षेत्रलाई प्रदान गर्दै आएको छ ।