मुलुकभर २२ प्रतिशत रोपाई

मुलुकभर हालसम्म २२ प्रतिशत रोपाइ सकिएको छ । कृषि विभाग अन्र्तगत कृषि प्रसार निर्देशनालयले दिएको जानकारीअनुसार हालसम्म १५ लाख ५२ हजार ४ सय ६९ हेक्टर रोपाई हुने खेतीयोग्य जमिनमध्ये ३ लाख ४२ हजार ६ सय ३१ हेक्टर क्षेत्रफल जमिनमा मात्रै रोपाई भएको हो ।

मुलुकभर अझै १२ लाख हेक्टर भन्दा बढि खेतीयोग्य जमिनमा रोपाई हुन बाँकी रहेको कृषि विभागले जनाएको छ । असार दोस्रो हप्ता लागेपछि निरन्तर बर्षा हुन थालेपछि रोपाई तीव्ररुपमा भइरहेको कृषि मन्त्रालयले जनाएको छ ।

पूर्वाञ्चल क्षेत्रमा १६ प्रतिशत, मध्यमाञ्चलमा ११ प्रतिशत, पश्चिमाञ्चलमा २४ प्रतिशत, मध्यपश्चिमाञ्चलमा २९ प्रतिशत र सुदुरपश्चिमाञ्चलमा ५० प्रतिशत रोपाई सम्पन्न भएको कृषि विभागले जनाएको छ । गत बर्षको तुलनामा यस बर्ष केही ढिला मनसुन सक्रिय भएकाले पनि रोपाई कम भएको मन्त्रालयका प्रवक्ता याेगेन्द्रकुमार कार्कीले जानकारी दिए । आगामी साउनभित्र मुलुकभर सतप्रतिशत रोपाई भइसक्ने उनको भनाई छ ।