श्रीलङ्कामा अपशिष्ट ऊर्जा परियोजना र बङ्गलादेश र भारतको सहभागितामा नेपालमा जलविद्युत् परियोजनालाई सैद्धान्तिक सहमति दिइसकिएको छ । यसको कुल ऋण प्रतिबद्धता ३० मिलियन डलरको हुनेछ ।’ दक्षिण एसियामा आधारभूत पूर्वाधारको अधिकांश लगानी भारतमा भएकाले ब्राजिल, रूस, भारत, चीन र दक्षिण अफ्रिकाको समूह (ब्रिक्स) र चीन नेतृत्वको एआईआईबी दुवैले भारतलाई प्राथमिकता क्षेत्रमा राखेका छन् ।
नयाँ दिल्लीमा सोमबारदेखि सुरु भएको दुईदिने बैठकमा आधारभूत भौतिक पूर्वाधार परियोजनाका लागि स्थापनाको एक दशकभन्दा पनि बढी समयपछि पहिलो पटक सार्क डेभलपमेन्ट फन्ड (एसडीएफ)ले बहुपक्षीय विकासमा सहलगानीको विकल्पबारे पहल गरिएको छ ।
२००५ मा स्थापित एसडीएफले बहुपक्षीय निकाय र स्वायत्त विकास संस्थाका अतिरिक्त न्यू डेभलपमेन्ट बैङ्क (एनडीबी) र एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैङ्क (एआईआईबी)सँग मिलेर वित्तीय लगानीको विकल्प खोज्ने छन् ।
सदस्य राष्ट्रका वरिष्ठ अधिकारीहरु सहभागी सो बैठकमा एसडीएफ पार्टनरसिप कन्क्लेभ २०१८ कोषलाई पुनर्जीवन दिने प्रयास हो, जसले अझैसम्म एकल लगानीका एउटा पनि परियोजना सकेको छैन । अहिलेका १० ओटा जुन धेरैजसो सामाजिक क्षेत्रमा विभिन्न मुलुकमा सञ्चालित परियोजनाहरु आर्थिक अभाव तथा निजी क्षेत्रका लगानीकर्ताले पर्याप्त ध्यान नदिँदा तिनको प्रगति सुस्त भएको एक वरिष्ठ अतिथि प्रतिनिधिले बताए ।
‘एसडीएफ सार्क परियोजना तथा कार्यक्रको छाता वित्तीय संस्था हो । ७० भन्दा बढी कार्यान्वयन र अग्रणी एजेन्सीहरु समावेश भएका हामी अहिले १२ ओटा क्षेत्रीय परियोजना कार्यान्वयन गरिरहेका छौं, जुन सबै आठ सदस्य देशलाई सोसल विन्डो फन्डिङमार्फत समेट्छन्,’ एसडीएफका प्रमुख कार्यकारी अधिकृत सुनील मोतीवालले भने, ‘हामीले सोसल विन्डो परियोजनाका लागि सदस्य राष्ट्रलाई ७३.७४ मिलियन डलरको प्रतिबद्धता गरेका छौं । र सोशल विन्डो परियोजनालाई ४७ मिलियन डलर पहिले नै वितरण गरिसकेका छौं ।’
मोतीवालले भने, ‘श्रीलङ्कामा अपशिष्ट ऊर्जा परियोजना र बङ्गलादेश र भारतको सहभागितामा नेपालमा जलविद्युत् परियोजनालाई सैद्धान्तिक सहमति दिइसकिएको छ । यसको कुल ऋण प्रतिबद्धता ३० मिलियन डलरको हुनेछ ।’ दक्षिण एसियामा आधारभूत पूर्वाधारको अधिकांश लगानी भारतमा भएकाले ब्राजिल, रूस, भारत, चीन र दक्षिण अफ्रिकाको समूह (ब्रिक्स) र चीन नेतृत्वको एआईआईबी दुवैले भारतलाई प्राथमिकता क्षेत्रमा राखेका छन् ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घकी अध्यक्ष भवानी राणाले नेपाल दक्षिण एशियामा लगानीका लागि उर्वर क्षेत्र रहेकाले पर्यटन, पूर्वाधार, जलस्रोत, कृषि लगायतका महत्वपूर्ण क्षेत्रमा लगानी गर्न पर्याप्त अवसर रहेको जानकारी गराइन । अध्यक्ष राणाले सदस्य राष्टहरूबीच सम्पर्क (जल, स्थल, हवाई) विस्तार, सहज आवागमन तथा सिमापार व्यापारमा पनि जोड दिइन ।
उनले क्षेत्रीय स्तरमा अन्तराष्ट्रिय मान्यता प्राप्त प्रयोगशालाको विस्तार, महिला शसक्तिकरण तथा समावेशी अर्थतन्त्रको विकासमा जोड दिइन । अध्यक्ष राणाले क्षेत्रीय आर्थिक विकासका लागि पूर्वाधार विकासमा जोड दिइन । दक्षिण एशियाली राष्ट्रहरूको अर्थतन्त्रमा साना तथा मझौला उद्योगहरूको निकै ठूलो योगदान रहेकाले एसएमइजहरूलाई पछिल्लो प्रविधिहरूले सुसज्जित बनाउन र यस क्षेत्रमा प्रविधि आदान प्रदानमा विशेष जोड दिनुपर्ने अध्यक्ष राणाको सुझाव थियो ।
एसडीएफमा इकोनमिक एन्ड इन्फ्रास्ट्रक्चर विन्डोजका सइद जिशान अलीले भने, ‘हामी वित्तीय एजेन्सीहरुको एक सङ्गठन निर्माणमा पनि ध्यान केन्द्रित गर्नेछौं, जसले विशिष्ट परियोजनालाई सहयोग गर्न सक्छ । हामीसँग एसियाली विकास बैङ्क, विश्व बैङ्क र अन्य बहुपक्षीय निकायसँग पहिलेदेखि नै गरिएका समझौता छन् ।’
सङ्गठनले सामाजिक उद्यम विकास कार्यक्रम (एसईडीपी) सुरु गर्ने प्रक्रियामा पनि छ । यो कार्यक्रम अनुदान र सहुलियतयोग्य पुँजीको उपयोग गरेर सामाजिक उद्यमको पहिचान र निर्माणको उद्देश्यले सबै सदस्य राष्ट्रमा लागू गरिनेछ । कार्यक्रमले आठै देशमा वार्षिक लगभग ८० उद्यमलाई आर्थिक सहयोग गर्ने मनसाय राखेको छ । यसका अतिरिक्त, एसडीएफले ऋण व्यवस्थापन गर्न आफ्नो माइक्रो स्मल एन्ड मिडियम इन्टरप्राइजेज (एमएसएमई) कार्यक्रम सुरु गर्ने प्रस्ताव गरेको छ ।