मल कालोबजारी गर्नेलाई कारबाही

नेपालीलाई बुधबार संस्थाको बैठकले साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ । साथै, किसानलाई तोकिएको भन्दा बढी मूल्यमा मल बिक्री गरेको भन्दै सहकारी संस्थाका अध्यक्ष हरिहर पौडेलले बढी लगेको रकमसमेत फिर्ता गर्न लगाएका हुन् ।

कृषि सामग्री संस्थानको मल कालोबजारी गरेर बेच्ने दाङ, तुलसीपुरकाे फूलबारी कृषि सहकारी संस्थाका सदस्य कर्णबहादुर नेपालीलाई संस्थाले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ ।

नेपालीलाई बुधबार संस्थाको बैठकले साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ । साथै, किसानलाई तोकिएको भन्दा बढी मूल्यमा मल बिक्री गरेको भन्दै सहकारी संस्थाका अध्यक्ष हरिहर पौडेलले बढी लगेको रकमसमेत फिर्ता गर्न लगाएका हुन् । नेपालीले युरियामा दुर्इ सय र डीएपीमा ५० रूपैयाँ भन्दा बढी रकम लिएर मल बिक्री गरेका थिए ।

उनले किसानबाट चर्को रकम लिएको बारेमा केही दिन अगाडि विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि सहकारी संस्थाले नेपालीलाई कारबाही गरेर पीडित ८८ जना किसानलाई रकम फिर्ता गरेको हो ।

किसानले रकम फिर्ता भएपछि खुशी व्यक्त गर्दै सहकारी संस्थाका नाममा ठगी गर्नेलाई कारबाहीसमेत हुनुपर्ने बताएका थिए । रकम फिर्ता कार्यक्रममा वडाध्यक्ष डम्बर न्यौपाने, युवा समाजसेवी मोहन पौडेल, नेकपाका हुमबहादुर नेपालीलगायतको सहभागिता थियो ।