अजोड इन्स्योरेन्सको सेवा सुरु

७० प्रतिशत लगानी संस्थापक रहेको कम्पनीमा ३० प्रतिशत सेयर सर्वसाधारणको रहने छ । सर्वसाधरणलाई सेयर जारी गरेपछि अजोडको चुक्ता पूँजी १ अर्ब हुनेछ ।

नयाँ निर्जीवन बिमा कम्पनी अजोड इन्स्योरेन्सले बिहीवारदेखि बिमा सेवा सुरु गरेको छ । कम्पनीले बिमा समितिबाट व्यावसायिक कारोबारको स्वीकृति प्राप्त गरेपछि सेवा सुरु गरेको हो ।

७० प्रतिशत लगानी संस्थापक रहेको कम्पनीमा ३० प्रतिशत सेयर सर्वसाधारणको रहने छ । सर्वसाधरणलाई सेयर जारी गरेपछि अजोडको चुक्ता पूँजी १ अर्ब हुनेछ ।

अजोडमा वाणिज्य बैङ्क, व्यापारिक घराना, इन्भेस्टमेन्ट कम्पनी, घरजग्गा निर्माण व्यवसायी, जल विद्युत् आयोजना प्रवद्र्धक, पर्यटन व्यवसायीका साथै सरकारी, गैर सरकारी सेवाबाट अवकाश प्राप्त व्यक्तिहरु संलग्न छन् ।

हाल कम्पनीको संस्थापक सेयरधनी १ सय ४ जना छन् । कम्पनीको सञ्चालक समिति अध्यक्षमा मीनबहादुर गुरुङ्ग, सञ्चालकहरुमा बिनोदप्रसाद बिष्ट, आजाद श्रेष्ठ, राजेन्द्रप्रसाद कायस्थ र सागर गुरुङ्ग छन् । प्रधान कार्यालय सुन्धारामा रहेको कम्पनीको प्रमुख कार्यकारी अधिकृत कुमार खत्री छन् ।