
आइतबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री बास्कोटाले पछिल्लो समय फस्टाएका अनलाइनहरुले सामाजिक मर्यादा भुलेर जथाभावी लेख्ने गरेको गुनासो गरे ।
सञ्चार मन्त्री गोकुलप्रसाद बास्कोटाले सामाजिक सञ्जाल तथा अनलाइनको मनपरी रोक्न खोज्यो भने अधिनायकवाद आयो भन्ने गरेको बताएका छन् । आइतबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री बास्कोटाले पछिल्लो समय फस्टाएका अनलाइनहरुले सामाजिक मर्यादा भुलेर जथाभावी लेख्ने गरेको गुनासो गरे ।
उनले सामाजिक सञ्जालसमेत गाली गलौज गर्न प्रयोग हुने भन्दै सजग हुने बेला आएको बताए । सामाजिक सञ्जाल र अनलाइनमा बढेका विकृतिलाई समयमै कडा नियमन गर्ने उनको भनाइ छ ।
केही अनलाइन तथा सामाजिक सञ्जालमा प्रधानमन्त्री र राष्ट्रपतिको बदनाम गर्ने गरी जथाभावी लेख्ने गरिएको उनले बताए । ‘प्रधानमन्त्रीका बारेमा के भनियो, राष्ट्रपतिका बारेमा के लेखियो, यसले सबैलाई पिरोलेको छ,’ उनले भने ।