प्रधानमन्त्री ओली र फ्रान्सका प्रधानमन्त्रीबीच भेटवार्ता, नेपालमा लगानी गर्न ओलीको आग्रह

बुधबार राति फ्रान्सको राजधानी पेरिसमा भएको भेटवार्तामा नेपाली प्रतिनिधिमण्डलका परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली,प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डाक्टर राजन भट्टराई,मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव शंकरदास बैरागीलगायत सहभागी थिए ।

काठमाडौं । फ्रान्सको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र फ्रान्सका समकक्षीबीच औपचारिक भेटवार्ता भएको छ ।बुधबार राति फ्रान्सको राजधानी पेरिसमा भएको भेटवार्तामा नेपाली प्रधानमन्त्री र फ्रान्सका प्रधानमन्त्रीबीच दुई देशको आपसी हितका विषयमा छलफल भएको थियो ।

भेटमा नेपाली प्रतिनिधिमण्डलका परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डाक्टर राजन भट्टराई, मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव शंकरदास बैरागीलगायत सहभागी थिए ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले फ्रान्समा रहेका व्यवसायीहरुलाई सम्बोधन गर्दै नेपालमा हरेक क्षेत्रमा लगानीको सम्भाव्यता रहेकाले व्यवसायीहरुलाई लगानी गर्न आह्वान गरे । प्रधानमन्त्री ओलीले नेपालका हरेक क्षेत्रमा लगानीको सम्भावना रहेको र लगानी सुरक्षित तथा नाफादायी हुने भएकाले ढुक्क भएर लगानी गर्न आग्रह गरे ।

प्रधानमन्त्री ओलीले नेपालको कला,संस्कृती र पहिचान उत्कृष्ठ भएकाले बढीभन्दा बढी पर्यटक भित्रयाउन नेपाल भ्रमण वर्ष सन् २०२० को आयोजना गर्न लागेको जानकारी दिनहुदैं फ्रान्सका नागरिकहरुलाई नेपाल भ्रमणमा आउन पनि आग्रह गरे।

प्रधानमन्त्री ओली संयुक्त अधिराज्यको औपचारिक भ्रमण पूरा गरि शुक्रबार फ्रान्सको राजधानी पेरिस पुगेका हुन् ।