एनबी इन्स्योरेन्स अब आईएमई जनरल इन्स्योरेन्स

काठमाडौँ । एनबी इन्स्योरेन्स कम्पनीको २०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । चालू आर्थिक वर्षमा सभा गर्ने पहिलो इन्स्योरेन्स कम्पनी भएको एनबीले कम्पनीको नाम र लोगो परिवर्तनको प्रस्ताव पारित गरेको छ । यसअनुसार एनबी इन्स्योरेन्सको नाम अब आईएमई जनरल इन्स्योरेन्स लिमिटेड राखिने छ । नाम परिवर्तनको आवश्यक कानुनी प्रक्रियाका लागि सञ्चालक समितिलाई दिइएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयले स्वीकृत गरेपछि मात्रै कम्पनीको परिवर्तित नाम कार्यान्वयनमा आउँछ ।

गत आर्थिक वर्षको साधारणसभाबाट पारित भएबमोजिम एकबराबरको अनुपातमा हकप्रद सेयर निस्कासन गरी कम्पनीको चुक्ता पुँजी ५४ करोड रुपैयाँ पु¥याएको एनबीले आजको सभाबाट १० बराबर आठ सेयर अनुपातको हकप्रद सेयर पारित गरेको छ ।

यसपछि कम्पनीको चुक्ता पुँजी ९७ करोड २० लाख रुपैयाँ पुग्नेछ । कम्पनीले चालू आर्थिक वर्षको असोज ७ गतेसम्म १४ करोड रुपैयाँ प्रिमियम सङ्कलन गरी लगानीमा ७३ करोड ६७ लाख पु¥याउन सक्षम भएको जानकारी दिएको छ ।