माथिल्लो मर्स्याङ्दी—‘ए’ को प्रवर्द्धक सिनोहाइड्रो(सगरमाथा पावर कम्पनीले ६ सय मेगावाटको आयोजनालाई ‘पिकिङ रन अफ रिभर’ (पीआरओआर) प्रणालीमा बनाउँदा आफ्नो आयोजना सञ्चालनका लागि पानी नपुग्ने भन्दै पत्र लेखेको हो ।
माथिल्लो मस्र्याङ्दी—२ जलविद्युत आयोजना निर्माण सुरु नहुँदै विवाद उत्पन्न भएको छ । सन २०१७ को जनवरीबाट सञ्चालनमा आएको माथिल्लो मस्याङ्दी ए आयोजना असर पुग्ने भन्दै उक्त आयोजनाले विद्युत विकास विभागलाई पत्र लेखेको छ ।
माथिल्लो मर्स्याङ्दी—‘ए’ को प्रवर्द्धक सिनोहाइड्रो(सगरमाथा पावर कम्पनीले ६ सय मेगावाटको आयोजनालाई ‘पिकिङ रन अफ रिभर’ (पीआरओआर) प्रणालीमा बनाउँदा आफ्नो आयोजना सञ्चालनका लागि पानी नपुग्ने भन्दै पत्र लेखेको हो ।
माथिल्लो मर्स्याङ्दी ‘ए’ आयोजना ५० मेगावाट आयोजना सन् २०१७को जनवरीबाट सञ्चालनमा आएको हो । कम्पनीले अहिले माथिल्लो मस्र्याङ्दी—२ कै प्रस्तावित क्षमता र मोडलमा निर्माण भए आफ्नो आयोजना प्रभावित हुने दावी गरेको छ ।त्यसैले आफ्नो आम्दानी घटेर लगानी खेर जाने अवस्था आउने कम्पनीले बताएको छ । कम्पनीले नयाा बन्न लागेको आयोजनाले आफूलाई असर नगर्ने ग्यारेन्टी मागेको छ ।
माथि नदीलाई थुन्दै छोड्दै गर्दा बनिसकेको आयोजना प्रभावित हुने अवस्था रहेको दावी सिनोहाइड्रा पावरको छ ।