कृषि, जलविद्युत् र पर्यटनमा जेठसम्म ४ सय ८८ अर्ब कर्जा प्रवाह

यसअघि प्राथमिकताप्राप्त क्षेत्रमा कुल कर्जाको न्यूनतम २५ प्रतिशत कर्जा लगानी गर्नुपर्ने व्यवस्था थियो ।

सरकारले कृषि, जलविद्युत् तथा पर्यटन क्षेत्रमा गत जेठसम्ममा ४८८ अर्ब ६८ करोड कर्जा प्रवाह गरेको छ । यसअघि प्राथमिकताप्राप्त क्षेत्रमा कुल कर्जाको न्यूनतम २५ प्रतिशत कर्जा लगानी गर्नुपर्ने व्यवस्था थियो ।

यसअर्न्तगत कृषि क्षेत्रमा १० प्रतिशत, जलविद्युतमा ५ प्रतिशत, पर्यटन क्षेत्रमा ५ प्रतिशत र बाँकीमा ५ प्रतिशत अनिवार्य रुपमा लगानी गर्नुपर्ने व्यवस्था लागू गरिएको थियो । कर्जा लगानीमध्ये जेठ मसान्तसम्म बैङ्कको लगानीमा रहेको कुल कर्जाको २३ दशमलव ६ प्रतिशत हो ।