जीडीपीको ३४.४ प्रतिशत घाटा

चालू आवको एघार महिनामा चालू खाता घाटा २०९ अर्ब २१ करोड रुपैयाँ छ । नेपालको अर्थतन्त्र ३० खर्ब ७ अर्ब रुपैयाँको छ । जुन कुल गार्हस्थ्य उत्पादनको ७.० प्रतिशत हुन आउँछ ।

कुल गार्हस्थ्य उत्पादनको ३४.४ प्रतिशत व्यापार घाटा रहेको नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको मौद्रिक नीतिमा उल्लेख छ ।

चालू आवको एघार महिनामा चालू खाता घाटा २०९ अर्ब २१ करोड रुपैयाँ छ । नेपालको अर्थतन्त्र ३० खर्ब ७ अर्ब रुपैयाँको छ । जुन कुल गार्हस्थ्य उत्पादनको ७.० प्रतिशत हुन आउँछ । निर्यातको तुलनामा आयातामा भएको उल्लेख्य वृद्धिका कारण आर्थिक वर्ष २०७४÷७५ को एघार महिनामा व्यापार घाटा १०३३ अर्ब ४ करोड रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा नेपाली कामदारले पठाएको विप्रेषण आप्रवाह ७.३ प्रतिशतले वृद्धि भएको छ । विप्रेषण आप्रवाहको वृद्धि सामान्य रहेको तर व्यापार घाटा फराकिलो हुँदै गएकाले चालू खाता घाटा उच्च हुन गएको हो ।

आर्थिक वर्ष २०७३÷७४ मा ८२ अर्ब ११ करोड रुपैयाँले बचतमा रहेको शोधनान्तर स्थिति आर्थिक वर्ष २०७४÷७५ को एघार महिनामा ४ अर्ब ३४ करोड रुपैयाँले घाटामा छ । तथापि बैङ्किङ्ग क्षेत्रसँग ९.६ महिनाको वस्तु तथा सेवा आयात धान्नका लागि पर्याप्त विदेशी विनिमय सञ्चिति छ ।