भक्तपुरको सल्लाघारी र चाबहिल क्षेत्रमा १३ ओटा ट्रान्सफर्मर डुबानमा

सल्लाघारीमा १२ थान ट्रान्सफर्मर डुबानमा परेका छन् भने फिडरको पाँच थान ट्रान्सफर्मर डुबानमा परेका हुन् ।

बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण भक्तपुरको सल्लाघारी र चाबहिल क्षेत्रमा १३ ओटा ट्रान्सफर्मर डुबानमा परेका छन् ।

सल्लाघारीमा १२ थान ट्रान्सफर्मर डुबानमा परेका छन् भने फिडरको पाँच थान ट्रान्सफर्मर डुबानमा परेका हुन् । डुबानमा परेका ट्रान्सफर्मरकाे फिडर अफ गरिएकाे नेपाल विद्युत् प्राधिकरणका सूचना अधिकारी लीला अर्यालले बताइन् । त्यस्तै चाबहिल क्षेत्रमा ६ नम्बरको फिडर पूर्ण रुपमा क्षति भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । अविरल वर्षाका कारण मुलुकभर विद्युत्तीय क्षति बारेमा विवरण आउन बाँकी छ ।