सरकारद्वारा अर्ग्यानिक कृषिमा जोड

जैविक कृषिको सम्भावना, अवसर चुनौती विषयक अन्र्तक्रिया कार्यक्रमका अवसरमा मन्त्री खनालले अहिले कृषि प्रणाली रसायन प्रयोग बढेको अवस्थामा त्यस्को न्युनीकरणका लागि अर्ग्यानिक कृषिलाइ महत्व दिने बताए । उनले त्यस्का लागि एउटा वैधानिक समिति निर्माण गरी कृषिलाई आधुनिकीकरण, जैविक र व्यवसायीक बनाउन पहल गर्ने बताएका हुन ।

कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्री चक्रपाणी खनालले जैविक कृषिको सम्भावना र अवसरलाई सम्वोधन गर्न सरकारले बोर्ड बनाएर अगाडी बढ्ने बताएका छन । जैविक कृषिको सम्भावना, अवसर चुनौती विषयक अन्र्तक्रिया कार्यक्रमका अवसरमा मन्त्री खनालले अहिले कृषि प्रणाली रसायन प्रयोग बढेको अवस्थामा त्यस्को न्युनीकरणका लागि अर्ग्यानिक कृषिलाइ महत्व दिने बताए । उनले त्यस्का लागि एउटा वैधानिक समिति निर्माण गरी कृषिलाई आधुनिकीकरण, जैविक र व्यवसायीक बनाउन पहल गर्ने बताएका हुन ।

उक्त कार्यक्रममा सांसदहरु पार्वता गुरुङ, श्याम भूषाल, चन्द्र शाह, योजना आयोगका सदस्य दिलबहादुर गुरुङ लगायतको उपस्थिति थियो । कृषि मन्त्रालयका तर्फबाट गंगादत्त आचार्य र नागरिक समाजका तर्फबाट डा. कृष्ण पौडेलले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र माथि सहभागिहरुको जिज्ञासा, प्रश्न र समाधानको विकल्पका बारेमा छलफल गरिएको थियो ।

उक्त कार्यक्रममा नेपाल राष्ट्रिय कृषक समुह महासंघका अध्यक्ष उद्धव अधिकारीले विगत ३० बर्षदेखि प्रयोग हुँदै आएको कृषिमा रसायनको प्रयोग निरुत्साहित गर्नुपर्ने बताएका थिए । उनले अबको कृषि प्राङ्गारिक प्रणालीमा आधारित हुनुपर्ने उनको भनाइ थियो ।