कात्तिकसम्म झन्डै ४ लाख गरिब किसानले परिचयपत्र पाइसक्ने

१२ लाखभन्दा बढी किसान घरपरिवारको सर्वेक्षण गर्दा झन्डै ३ लाख ९१ हजार ८ सय ३१ घरपरिवारका किसान गरिबीको रेखामुनि भएको पाइएको छ ।

सरकारले आगामी कात्तिकसम्म २६ जिल्लाका झन्डै ४ लाख गरिब किसानलाई परिचय पत्र वितरण गर्ने भएको छ । १२ लाखभन्दा बढी किसान घरपरिवारको सर्वेक्षण गर्दा झन्डै ३ लाख ९१ हजार ८ सय ३१ घरपरिवारका किसान गरिबीको रेखामुनि भएको पाइएको छ ।

२६ जिल्लाका किसानलाई परिचयपत्र वितरणको शुभारम्भ कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले कपिलवस्तुबाट गरेका छन् ।

२६ जिल्लामा १ लाख ८८ हजार २ सय ३२ अति गरिब, १ लाख २९ हजार ७ सय ५४ मध्यम र ८३ हजार ८ सय ४५ सामान्य गरिब किसानले परिचय पत्र पाउने छन् । उनीहरुले क्रमशः रातो, पहेँलो र निलो कार्ड पाउने छन् । बाँकी ५१ जिल्लाका किसानलाई आगामी आर्थिक वर्ष २०७६÷०७७ सम्म परिचय पत्र दिइसक्ने लक्ष्य कृषि मन्त्रालयले लिएको छ ।