नेपालगञ्ज–दिल्ली उडानपछि प्रदेश ५ को विकासले फड्को मार्ने–अध्यक्ष राणा

नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पदाधीकारीबीचको भेटवार्तामा महासङ्घकी अध्यक्ष राणाले सो कुरा बताएकी हुन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घकी अध्यक्ष भवानी राणाले नेपालगञ्ज–दिल्ली उडानपछि प्रदेश ५ को विकासले फड्को मार्ने बताएकी छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पदाधीकारीबीचको भेटवार्तामा महासङ्घकी अध्यक्ष राणाले सो कुरा बताएकी हुन् ।

नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरी र स्थानीय अगुवा उद्यमी व्यवसायी, सङ्घका वर्तमान तथा पूर्वपदाधिकारीहरूको उपस्थितिमा नेपालगञ्जमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष राणले नेपालगञ्ज दिल्ली हवाई उडान, नेपाली गाडीलाई भारतमा सहज आवागमन, नेपालगञ्जको विकास निर्माण एवम् नेपालमा भारतीय पर्यटकको आगमनमा सहयोगका विषयमा आफ्नो धारणा राखेकी थिइन् ।

बा“के र बर्दियाका उद्यमी व्यवसायीहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रममा सहभागीहरुले नेपालगञ्ज दिल्ली हवाई उडान छिटो सञ्चालन गर्नुपर्ने, नेपाली गाडीलाई भारतमा सहज आवतजावत हुनुपर्ने, नेपाली जडीबूटीको सहज निकास, सिटी हल एवम् सुख्खा बन्दरगाह निर्माण जस्ता महत्त्वपूर्ण कार्यक्रमलाई समयमा सम्पन्न गर्नुपर्नेमा जोड दिएका थिए ।

अध्यक्ष राणाले नेपालगञ्ज–दिल्ली उडानस“गै मानसरोवरको प्रवेशद्वार नेपालगञ्ज हुने भएकाले नेपालगञ्जसहित सिङ्गो प्रदेशको विकासले फड्को मार्ने विश्वास प्रकट गरिन् ।अध्यक्ष राणाले दुई देश बीचको आर्थिक व्यावसायिक सम्बन्धलाई थप उचाइमा पु¥याउन र भारतले गरेको आर्थिक विकासबाट नेपालले पनि फाइदा उठाउन ‘कनेक्टिभिटी’ महत्त्वपूर्ण हुने धारणा राख्दै नेपालगञ्जलगायत नेपाल र भारतका मुख्य सहरबीच सीधा हवाई सम्पर्क विस्तारमा जोड दिइन् ।

उनले आयुर्वेद, कृषि, मत्स्यपालन, पर्यटन लगायतका क्षेत्रको विकासमा भारतीय सहयोग महत्त्वपूर्ण हुने धारणा राखिन् । अध्यक्ष राणाले महासङ्घले निकट भविष्यमा काठमाडौंमा आयोजना गर्न लागेको नेपाल–भारत लगानी सम्मेलनमा सम्भावित संयुक्त लगानी, विकास निर्माणमा सहकार्य आदि विषयमा भारतीय अधिकारीहरुस“ग ठोस छलफल हुने समेत विश्वास दिलाएकी थिइन् ।

सो अवसरमा राजदूत पुरीले मानसरोवर जाने भारतीयका लागि नेपालगञ्जलाई मुख्य बाटो बनाउन सकिएमा यहा“को विकासमा ठूलो सहयोग पुग्ने बताए । उनले दिल्ली नेपालगञ्ज उडान भएपछि मानसरोवर जाने भारतीय पर्यटकका लागि नेपालगञ्ज मुख्य नाका हुने र त्यसबाट यहा“को विकासमा ढोका खुल्ने दाबी गरे । राजदूत पुरीले नेपालगञ्जको पूर्वाधार विकासमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने विश्वास समेत दिलाएका थिए ।