कछुवा गतिमा सडक निर्माण

देशभरका सडक आयोजनाको लागि ७५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेकोमा पहिलो चौमासिकमा आठ अर्ब रुपैयाँमात्र खर्च भएको सडक विभागको प्रगति प्रतिवेदनमा उल्लेख छ । चौमासिकको वित्तीय प्रगति १०.५१ प्रतिशतमात्र सिमति रहेको छ । मुलुक निर्वाचमा होमिएकाले अपेक्षित प्रगति हुन नसकेको सडक विभागका महानिर्देशक गोपाल सिग्देलले बताए । ‘देश चुनाबमय भएकाले पनि असर प¥यो,’ सिग्देलले भने, ‘अब धमाधम काम अघि बढ्छ ।’ आर्थिक वर्षको पहिलो चौमासिकमा सडक आयोजनाले निर्माण कम्पनीको छनोट लगायतका अफिसिल काम गर्नुपर्ने भएकाले पनि कम प्रगति भएको उनले बताए । ‘‘टेण्डर गरेर निर्माण कम्पनी छनोट भैसकेका छन्,’ उनले भने, ‘धेरै ठाउँमा काम अघि बढिरहेको छ ।’

मुलुक निर्वाचन होमिएकाले यो वर्ष सडक निर्माणले गति लिन सकेको छैन । सरकारले पूर्वाधार निर्माणको पहिलो प्राथमिकतामा रहेको सडकको लागि प्रयाप्त बजेट विनियोजन गरे पनि सम्बन्धित कार्यालयले खर्च नगरेका हुन् ।
आर्थिक वर्ष सुरु भएपछि विभिन्न चरणमा स्थानीय तह, प्रदेश सभा, प्रतिनिधि सभा निर्वाचनले प्रगति उत्साहजनक नभएको सडक विभागले जनाएको छ ।

देशभरका सडक आयोजनाको लागि ७५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेकोमा पहिलो चौमासिकमा आठ अर्ब रुपैयाँमात्र खर्च भएको सडक विभागको प्रगति प्रतिवेदनमा उल्लेख छ । चौमासिकको वित्तीय प्रगति १०.५१ प्रतिशतमात्र सिमति रहेको छ । मुलुक निर्वाचमा होमिएकाले अपेक्षित प्रगति हुन नसकेको सडक विभागका महानिर्देशक गोपाल सिग्देलले बताए । ‘देश चुनाबमय भएकाले पनि असर प¥यो,’ सिग्देलले भने, ‘अब धमाधम काम अघि बढ्छ ।’ आर्थिक वर्षको पहिलो चौमासिकमा सडक आयोजनाले निर्माण कम्पनीको छनोट लगायतका अफिसिल काम गर्नुपर्ने भएकाले पनि कम प्रगति भएको उनले बताए । ‘‘टेण्डर गरेर निर्माण कम्पनी छनोट भैसकेका छन्,’ उनले भने, ‘धेरै ठाउँमा काम अघि बढिरहेको छ ।’

काम गर्न सुरु भएका योजनामा निर्माण सामग्री, जनशक्ति अभाब पनि कारक रहेको विभागका अधिकारी बताउँछन् । सरकारलेनै उच्च प्राथमिकतामा राखेका राष्ट्रिय गौरबका आयोजनाको अवस्था पनि अपेक्षित छैन । दर्जन बढि सडकको प्रगति शुन्य रहेको विभागको प्रतिवेदनम उल्लेख छ । बाहिरी चक्रपथ काठमाडौं, ठोरी–भण्डारा–लोथर–मलेखु सडक, दमक–चिसापानी, देवस्थल–कैनडाँडा–चौरजहारी–डोल्पा, फिकल, श्रीअन्तु डाँडा लगायतका आयोजनाले एक प्रतिशत पनि प्रगति देखाउन सकेका छैनन् । ती योजनाको लागि प्रयाप्त बजेट विनियोजन गरिएको छ ।

लुम्बिनी चक्रपथ अन्तरगत लुम्बिनी– भैरहवा, त्रिवेणी सडक, बाँकेको कुमुद बोध मार्ग, नेपालगञ्ज चक्रपथ, दुम्कीबास– गैंडाकोट– राम्दी– रिडी– तम्घास– सन्धिीखर्क– गोरुसिंगे–तौलिहवा, महाकाली करिडोरको अवस्था पनि उस्तै छ । ठूला आयोजनामा भने सडक छेउको लग्गा प्राप्तिको लागि आइलाग्ने मुआब्जा वितरण, अधिग्रहण लगायतका झन्झट पनि तगारो बनेको विभागका अधिकारी बताउँछन् ।