३ खर्ब ३० अर्बको लगानी प्रतिबद्धता, २७ हजारलाई रोजगारी अवसर

प्रतिबद्धताबमोजिम लगानी आएमा ४ सय ८८ ओटा नयाँ उद्योग थपिनेछन् भने २७ हजार जनाले रोजगारीको अवसर पाउनेछन् । साथै ४ सय ८८ वटा नयाँ उद्योग थपिनेछन् भने २७ हजार रोजगारी थपिनेछ ।

चालू आर्थिक वर्षको ११ महिनामा उद्योगमा तीन खर्ब ३० अर्ब रुपैयाँबराबरको लगानी भित्रिएको छ । उद्योग विभागको पछिल्लो तथ्याङ्कअनुसार कृषिजन्य, निर्माण, ऊर्जा, सूचना प्रसारण तथा सञ्चार प्रविधि, उत्पादनमूलक, खनिज, सेवा तथा पर्यटन क्षेत्रका चार सय ८८ ओटा साना ठूला र मझौला उद्योगमा यो लगानीको प्रतिबद्धता आएको हो ।

विभागका अनुसार ऊर्जामा मात्रै २ खर्ब १४ अर्ब २३ करोड रुपैयाँको लगानीको प्रतिबद्धता आएको छ । गत आर्थिक वर्षमा ऊर्जाक्षेत्रमा ८२ अर्ब रुपैयाँको मात्रै लगानीको प्रतिबद्धता आएको थियो । यस्तै उत्पादनमूलक उद्योगमा ७७ अर्ब, पर्यटन उद्योगमा २३ अर्ब, सेवामूलकतर्फ ५ अर्ब ९ करोड, कृषिजन्य उद्योग २ अर्ब ३८ करोड, निर्माण ४ अर्ब ७३ करोड रुपैयाँको प्रतिबद्धता आएको तथ्याङ्कले देखाएको छ ।

त्यस्तै प्रतिबद्धताबमोजिम लगानी आएमा ४ सय ८८ ओटा नयाँ उद्योग थपिनेछन् भने २७ हजार जनाले रोजगारीको अवसर पाउनेछन् । साथै ४ सय ८८ वटा नयाँ उद्योग थपिनेछन् भने २७ हजार रोजगारी थपिनेछ । गत आर्थिक वर्ष २०७३(७४ मा १ खर्ब ६३ अर्बको लगानी प्रतिबद्धता आएकोमा चालू वर्षमा लगानी दोब्बरभन्दा बढीले वृद्धि भएको छ । ऊर्जा र उत्पादन र सेवामूलक उद्योगमा लगानीको लागि प्रतिबद्धता विगतका वर्षमा भन्दा निकै बढेको विभागका सूचना अधिकृत दुर्गाप्रसाद भुसालले जानकारी दिए ।

भुसालले दर्ता भएका चार सय ८८ उद्योगमध्ये कृषिजन्यमा २१, निमार्णमा चार, ऊर्जामूलकमा ३८, सूचना तथा सञ्चार क्षेत्रमा २४, उत्पादन मूलकमा एक सय २९, खनिजमा ४, सेवामूलकमा एक सय १२, पर्यटनमा एक सय ५६ रहेका बताए । गत वर्षको सोही अवधिमा एक खर्ब ६३ अर्ब रुपैयाँबराबरको उद्योग प्रतिबद्धता आएका विभागले जनाएको छ ।