अन्तर्राष्ट्रियस्तरको मोबाइल सेन्टर नेपालमा

काठमाडौं । ली मोबी केयर (एलएमसी) जयमा इन्टरकन्टिनेन्टल प्रालिका लागि अतिरिक्त सहायक कुलप्याड स्मार्टफोन र ओट्टो फोनका लागि पहिलो आधिकारिक सर्भिस सेन्टर काठमाडौंको सुनधारास्थित सिभिल मलको चौथो तलामा खुलेको छ ।

नयाँ तरिकाले डिजाइन गरिएको एलएमसीले कुनै पनि देशबाट पर्सनल डिजिटल इलेक्ट्रोनिक्स खरिद गरेको पीडीई कस्टमरलाई सर्भिस दिनेछ । एलएमसी व्यक्तिगत डिजिटल इलेक्ट्रोनिकका लागि सुविधाजनक, कुशल र संयुक्त टेक्नोलोजी सेवा प्रदान गर्न आफनो प्रतिज्ञा वितरण गर्न सेट गरिएको छ ।

कम्पनीका अध्यक्ष गणेशबहादुर श्रेष्ठले यसको उद्घाटन गरेका हुन् । यो सर्भिस सेन्टर काठमाडौँको मुटुमा अवस्थित छ । एलएमसी एक आधुनिक पुरष्कृत अन्तर्राष्ट्रियस्तरको अनुभव हो, जसले भिजिटरका लागि सुखद र स्वागत अनुभव प्रदान गर्दछ ।

यहाँ ग्राहकले तत्कालै सेवा पाउनेछ्न । राम्रो र कुशल सेवाका लागि एलएमसी प्रिमियम प्रविधि उपकरणहरु र सुविधासँग सुसज्जित छ । यहाँ कुलप्याड स्मार्टफोन प्रयोगकर्ताका लागि ९० दिनको निःशुल्क सेवासुविधा उपलब्ध छ । ओट्टो फोनका प्रयोगकर्ताहरुले ४५ दिनको निःशुल्क सेवासुविधा पाउनेछन् ।

ली मोबी केयर सबैलाई उत्कृष्ट ग्राहक अनुभव दिने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । यो सुन्धारास्थित सिभिल मलको पसल नं ४१२ मा छ । हरेक हप्ता सेवाका लागि समर्पित एलएमसी १० देखि ६ बजेसम्म कुनै पनि समय आइतबारदेखि शुक्रबारसम्म ग्राहकका लागि खुला छ ।