नेपाल राष्ट्र बैङ्कले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) ऐन, २०६४ अनुसार ५ हजार डलरबराबरको विदेशी मुद्रा वा नेपाली रुपैयाँ वैदेशिक याात्राका लागि सीमा तोकेको हो । यसअघि आफूसँग भएको रकम वा कार्गो, कुरिअर, हुलाकमार्फत आउने÷जाने रकमको उद्घोषण गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा थिएन । राष्ट्र बैङ्कले विदेश जाँदा प्रत्येक पटक (वर्षमा २ पटक) २ हजार ५ सय डलर वा सोबराबरको विदेशी मुद्रा लिएर जान पाउने व्यवस्था थियो ।
आफै विदेश जाँदाआउँदा साथमा ५ हजार अमेरिकी डलरबराबरको विदेशी मुद्रा वा ५ हजार नेपाली रुपैयाँभन्दा बढी रकम साथमै लिएर यात्रा गर्नेहरुले अब त्यसको सम्पूर्ण विवरण भन्सार अधिकृतलाई दिनुपर्ने भएको छ ।
नेपाल राष्ट्र बैङ्कले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) ऐन, २०६४ अनुसार ५ हजार डलरबराबरको विदेशी मुद्रा वा नेपाली रुपैयाँ वैदेशिक याात्राका लागि सीमा तोकेको हो । यसअघि आफूसँग भएको रकम वा कार्गो, कुरिअर, हुलाकमार्फत आउने÷जाने रकमको उद्घोषण गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा थिएन । राष्ट्र बैङ्कले विदेश जाँदा प्रत्येक पटक (वर्षमा २ पटक) २ हजार ५ सय डलर वा सोबराबरको विदेशी मुद्रा लिएर जान पाउने व्यवस्था थियो ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐनमा मुद्रा तथा धारक विनिमय अधिकारपत्रको उद्घोषणसम्बन्धी व्यवस्था गरेको छ । सोही व्यवस्थानुसार उद्घोषण गर्नुपर्ने रकमको सीमा राष्ट्र बैङ्कले ५ हजार अमेरिकी डलर वा सोबराबरको अन्य विदेशी मुद्रा र ५ हजार नेपाली रुपैयाँ तोकेको हो ।
राष्ट्र बैङ्कको विदेशी विनिमय व्यवस्था विभागले सोमबार सूचनामार्फत मङ्गलबार साउन १ गतेदेखि लागू हुने जनाएको हो । यात्रामा रहँदा कसैले आफ्नो साथमा वा कार्गो, कुरिअर, हुलाक वा अन्य माध्यममार्फत नेपाली रुपैयाँ ५ हजारसम्म वा अमेरिकी डलर ५ हजारसम्म वा सोबराबरको अन्य विदेशी मुद्रा नगद वा धारक विनिमय अधिकारपत्रको विवरण भन्सार अधिकृतसमक्ष र कार्गो, कुरिअर, हुलाक वा अन्य माध्यमबाट ल्याउने वा लैजाने भएमा सम्बन्धित कार्गो, कुरिअर, हुलाकसमक्ष उद्घोषण गर्नुपर्ने व्यवस्था गरेको छ । त्यसैगरी कार्गो, कुरिअर, हुलाक वा अन्य सेवा सञ्चालकले यसरी उद्घोषण गरेको विवरण तोकिएको ढाँचामा सम्बन्धित भन्सार अधिकृतसमक्ष पेस गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐनमा भनिएको छ, ‘आफ्नो साथमा वा कार्गो, कुरिअर, हुलाक वा अन्य माध्यममार्फत राष्ट्र बैङ्कले तोकेको भन्दा बढी मूल्यको नेपाली वा सोबराबरको विदेशी मुद्रा वा धारक विनिमेय अधिकारपत्र नेपालबाट विदेश लैजाने वा विदेशबाट नेपालमा ल्याउने व्यक्तिले तोकिएबमोजिम लिखित रुपमा त्यस्तो मुद्रा वा धारक विनिमेय अधिकारपत्रको सही रुपमा उद्घोषण गर्नुपर्नेछ ।’