आधुनिक इतिहासका सबैभन्दा धनी व्यक्ति बने जेफ बेजोस

ब्लूमबर्गका अनुसार, हिजो असार मसान्तमा बेजोसको कुल सम्पत्ति १५० अर्ब डलर थियो, जुन विश्वका दोस्रा सबैभन्दा धनी व्यक्ति माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सको सम्पत्तिभन्दा करिब ५५ अर्ब डलर बढी थियो ।

अनलाइन रिटेल कम्पनी अमेजनका संस्थापक जेफ बेजोस आधुनिक इतिहासमा सबैभन्दा धनी व्यक्ति बनेका छन् । ब्लूमबर्गका अनुसार, हिजो असार मसान्तमा बेजोसको कुल सम्पत्ति १५० अर्ब डलर थियो, जुन विश्वका दोस्रा सबैभन्दा धनी व्यक्ति माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सको सम्पत्तिभन्दा करिब ५५ अर्ब डलर बढी थियो । ब्लूमबर्ग इन्डेक्समा बिल गेट्सको सम्पत्ति ९५.३ अर्ब डलर आकलन गरिएको छ ।

कीर्तिमानीस्तरमा अमेजनको सेयर
सोमबार एक पटक अमेजनको सेयर १,८४१.९५ डलरको कीर्तिमानीस्तरमा पुगेको थियो । हुन त पछि गएर अमेजनको सेयर ओरालो लागेपछि बेजोसको सम्पत्तिको १५० अर्ब डलरको आँकडा पनि तल आउन सक्छ । ब्लूमबर्ग इन्डेक्समा बेजोसपछि दोस्रो स्थानमा भएका बिल गेट्सद्वारा बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनलाई दिइएको सम्पत्ति र उनको पहिलाको अरु सम्पत्तिलाई पनि जोड्ने हो भने उनी १५० अर्ब डलरको आँकडासम्म पुग्न सक्थे ।

पहिले पनि इतिहास रचेका छन् बेजोसले
यसभन्दा पहिला, यसै वर्ष ८ जनवरीमा पनि ब्लूमबर्गका तर्फबाट जारी लिस्टमा बेजोस १०५.१ अर्ब डलरको सम्पत्तिसहित विश्वका सबैभन्दा धनी व्यक्ति बनेका थिए । त्यतिखेर पनि उनले बिल गेट्सलाई नै उछिनेका थिए ।