चिनियाँ लगानीमा पूर्वाधार बैङ्क स्थापना गर्न मन्त्रिपरिषदको स्वीकृति

अर्थमन्त्री डा युवराज खतिवडाले मन्त्रिपरिषदको निर्णयले चिनियाँ लगानीको पूर्वाधार बैङ्क खोल्न सहज भएको बताए । यस्तै, विद्युत् तथा सौर्य ऊर्जामा आएको ८ सय मेगावाट प्रस्तावमा २ सय मेगावाट स्वीकृत भएको जानकारी खतिवडाले दिएका छन् ।

नेपालमा चिनियाँ लगानीको पूर्वाधार बैङ्क स्थापना हुने भएको छ । मन्त्रिपरिषदको बैठकले चीनलाई पूर्वाधार बैङ्क स्थापना गर्न स्वीकृति दिएपछि चिनियाँ लगानीमा पूर्वाधार बैङ्क स्थापना हुने भएको हो ।

अर्थमन्त्री डा युवराज खतिवडाले मन्त्रिपरिषदको निर्णयले चिनियाँ लगानीको पूर्वाधार बैङ्क खोल्न सहज भएको बताए । यस्तै, विद्युत् तथा सौर्य ऊर्जामा आएको ८ सय मेगावाट प्रस्तावमा २ सय मेगावाट स्वीकृत भएको जानकारी खतिवडाले दिएका छन् । उनले देश विकास गर्न सरकारको लगानीले मात्र नपुग्ने बताउँदै दुई तिहाइ बढी लगानी निजी क्षेत्रले गर्नुपर्ने बताए ।

यस्तै नेपालको आधारभूत आर्थिक परिसूचक राम्रो अवस्थामा रहेको जानकारी खतिवडाले दिएका छन् । सबै क्षेत्रमा रहेको निरुत्साह रोक्नु पर्ने भन्दै उनले लगानी बोर्ड क्रियाशील भएको, विद्युतमा पीपीए बने पनि कानुन नबनेको, अर्को संस्था नबनेसम्म विनिमय जोखिमका लागि हेजिङ सर्भिस नेपाल राष्ट्र बैङ्कले गर्ने बताए ।

अर्थमन्त्री खतिवडाले सेयर बजारमा अन्यौल भएकाले बजार अझै पनि जोखिममा भएको बताए ।