नेपाल वायुसेवाको आम्दानी ८ अर्बभन्दा बढी

ग्राउन्ड ह्यान्डलिङबाट यस वर्ष तीन अर्ब ७१ करोड २१ लाख ६९ हजार ३६९ रुपैयाँ र प्यासेन्जर सेल्सबाट चार अर्ब ५५ करोड ८१ लाख ४६१ रुपैयाँ आम्दानी गरेको छ ।

नेपाल वायुसेवा निगमको आम्दानी बढेको छ । निगमले ग्राउन्ड ह्यान्डलिङ र प्यासेन्जर सेल्सबाट गएको वर्षभन्दा यस वर्ष आम्दानी बढाएको हो ।

निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले ग्राउन्ड ह्यान्डलिङबाट यस वर्ष तीन अर्ब ७१ करोड २१ लाख ६९ हजार ३६९ रुपैयाँ आम्दानी गरेको बताए । उनका अनुसार गएको वर्ष तीन अर्ब १३ करोड ९२ लाख ७९ हजार ७९४ रुपैयाँ आम्दानी भएको थियो ।

प्यासेन्जर सेल्सबाट यस वर्ष चार अर्ब ५५ करोड ८१ लाख ४६१ रुपैयाँ आम्दानी गरेको छ । यस्तै गएको वर्ष तीन अर्ब ६५ करोड ८५ लाख ५ हजार ६५७ रुपैयाँ आम्दानी गरेको थियो ।