अमेरिकी राष्ट्रपतिले नयाँ चेतावनी सहित व्यापार विवाद बढाएको एक साताभन्दा पनि कम समयमा चीनले यो पाइला चालेको हो ।
चिनियाँ सामानमा अतिरिक्त दुर्इ सय बिलियन डलर भन्सार कर लगाउने डोनाल्ड ट्रम्पको चेतावनीपछि चीनले विश्व व्यापार सङ्गठनमा अमेरिकाविरुद्ध आरोप दर्ता गरेको छ ।
अमेरिकी सामानमा चिनले लगाएको भन्सारमस्ल्यको विरोधमा चीनमाथि अमेरिकाले दोस्रो पटक भन्सारमूल्य वृद्धि गरेको एक साता नबित्दै वाणिज्य मन्त्रालयद्वारा एक वाक्यको यस्तो घोषणा गरिएको हो ।
६ जुलाईमा अमेरिकाले ३४ बिलियन डलरका चिनियाँ सामानमा २५ प्रतिशत भन्सार लगायो, जसले चीनलाई अमेरिका विरुद्ध त्यति नै मूल्यका सामानमा भन्सार लगाउन बाध्य पार्यो । यसको प्रतिउत्तरमा ह्वाइट हाउसले गत साता तम्बाकू र घरेलु जनावरका खानेकुरासहित चिनियाँ सामानहरुको विस्तृत सूची जारी गर्यो ।
दुर्इ सय बिलियन डलरका यी सामग्रीमा १० प्रतशत भन्सार थपिएको छ । बेइजिङले भनेको छ, ‘सँधै झैं लड्ने’ छ, र डब्ल्यूटीओमा गुनासो दर्ता गर्नेछ ।