गत आवमा कुल ४० अर्ब ४१ करोड ६० लाख ८० हजार २०५ सङ्कलन भएकामा अघिल्लो आवमा कुल ३१ अर्ब ५९ करोड ७५ लाख ३७ हजार १५८ राजश्व सङ्कलन भएको कोष नियन्त्रक योगेन्द्रप्रसाद पौडेलले बताए ।
कोष तथा लेखा नियन्त्रक कार्यालय विराटनगरले गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा आठ अर्ब ८१ करोड ८५ लाख ४३ हजार ४७ बढी राजश्व सङ्कलन भएको जनाएको छ ।
गत आवमा कुल ४० अर्ब ४१ करोड ६० लाख ८० हजार २०५ सङ्कलन भएकामा अघिल्लो आवमा कुल ३१ अर्ब ५९ करोड ७५ लाख ३७ हजार १५८ राजश्व सङ्कलन भएको कोष नियन्त्रक योगेन्द्रप्रसाद पौडेलले बताए ।
गत आवमा चालूतर्फ १४ अर्ब ४३ करोड ३२ लाख निकासा भएकामा १३ अर्ब ६१ करोड ३८ लाख खर्च भई ९४ प्रतिशत लक्ष्य हासिल भएको र पुँजीगततर्फ पाँच अर्ब ९५ करोड ४२ लाख निकासा भएकामा पाँच अर्ब १३ करोड १६ लाख खर्च भई लक्ष्य ८६ प्रतिशत हासिल गरेको जनाइएको छ ।