कम्पनीले इमल्सन प्लान्टका लागि ५० करोड रुपैयाँ लगानी गर्ने भएको छ । कम्पनीले बहुराष्ट्रिय पेन्ट्स कम्पनीलाई लक्षित गरेर उत्पादन बजारमा ल्याउन लागेको कम्पनी फ्याक्ट्री म्यानेजर शैलेश लामिछानेको भनाइ छ ।
निम्बस समूहको इमल्सन प्लान्ट सञ्चालन दुई महिना पर धकेलिएको छ । कम्पनीले पेन्ट्स बनाउन चाहिने महत्त्वपूर्ण कच्चापदार्थ नेपालमा पहिलो पटक उत्पादन गर्न लागेको सो प्लान्ट प्रविधिक तथा उद्योग सञ्चलनका लागी आवश्यक मेसिनरी कामले उत्पादनमा ढिलाइ हुने भएको हो ।
नेपालमा इमल्सनको ठूलो माग रहेको र त्यसलाई पूर्ति गर्न कम्पनीले नयाँ प्लान्ट सञ्चालनमा ल्याउन लागिएको थियो । कम्पनीले इमल्सन प्लान्टका लागि ५० करोड रुपैयाँ लगानी गर्ने भएको छ । कम्पनीले बहुराष्ट्रिय पेन्ट्स कम्पनीलाई लक्षित गरेर उत्पादन बजारमा ल्याउन लागेको कम्पनी फ्याक्ट्री म्यानेजर शैलेश लामिछानेको भनाइ छ ।
लामिछानेका अनुसार अहिले मेसिन तथा अन्य प्राविधिक कामले उपत्पादनमा समस्या आएकाले खासै काम भएको छैन । इमल्सन भनेको पेन्ट्स बनाउन आवश्यक पर्ने एक प्रकारको कच्चापदार्थ हो । यो कच्चापदार्थ हालसम्म विदेशबाट मात्रै आयात हुँदै आएको छ । असारदेखि कम्पनीले नेपालमै उत्पादन गर्न लागेको भने पनि उद्योग तथा मेसिनरी कामले उत्पादन प्रभावित भएको लामिछनेको भनाइ छ ।
कम्पनीले सोही समयमा बाल्टी उत्पादन पनि बजारमा ल्याउने तयारी थालेको छ । त्यसका लागि कम्पनीले ३० करोड रुपैयाँ लगानी गरेको छ । कम्पनीले दैनिक रुपमा ५ सय टन इमल्सन उत्पादन गने लक्ष्य लिएको छ । अहिले शतप्रतिशत प्लान्ट आयात हुँदै आएको लामिछनेले जानकारी दिए । कम्पनीको उत्पादन बजारमा आएपछि मागको ९० प्रतिशत निम्बसको उत्पादनले पूरा गर्ने लामिछानेको विश्वास छ ।
कम्पनीले हेटौंडा औद्योगिक क्षेत्रमा खोलिएको उद्योगले विशेषगरी एसियन पेन्ट्स नेरोल्याकलगायत कम्पनीलाई बेच्ने योजना बनाएको छ । पेन्ट्सलाई आवश्यक पर्ने कच्चापदार्थमा आत्मनिर्भर बनाउने उद्देश्यले यो उद्योग खोल्न लागेको कम्पनीले जनाएको छ । हालसम्म यसका कच्चापदार्थ भारत तथा स्रोत मुलुकबाट आयात हुँदै आइरहेको छ । उनका अनुसार बहुराष्ट्रिय कम्पनी एसियन पेन्ट्स, बर्जर र केएनपीले इमल्सन र बाल्टी बिक्री गरिनेछ लामिछानेको भनाइ छ ।
‘अहिले इमल्सनको माग मासिक १२ सय टन छ । हामी आधा हिस्सा ओगट्न सक्ने क्षमता छ,’ लामिछानेले भने । मुलुकभित्र अहिले ६० ओटा पेन्ट्स उद्योग सञ्चालनमा छ । उनले पेन्ट्स बकेट र पोल्ट्री इक्विपमेन्ट बढ्दो मागलाई देखेर प्लान्ट लगाएको बताउँदै गुणस्तरीय उत्पादनका लागि ठूलो लगानी गरेको बताए । उनका अनुसार उद्योगमा पाँच, दश र २० लिटरको बाल्टी उत्पादन हुनेछन् ।
उद्योगबाट दैनिक १५ सय पेन्ट बकेट उत्पादन हुने उनले बताए । उद्योगबाट पोल्ट्री इक्विपमेन्ट जग, जारलगायतका प्लास्टिकका सामग्री उत्पादन हुनेछ । अहिले मुलुकभित्र २० ओटा पेन्ट्स बकेट उद्योग छन् । लामिछानेले मुलुकभित्र आवश्यक पेन्ट्स बकेटमध्ये ५० प्रतिशत विदेशबाट आयात हुने गरेको बताए ।